Breaking News

समाचार प्रयोग गरेबापत सञ्चार गृहलाई गुगल र फेसबुकले पैसा दिने

Feb Tue 2021 06:20:44

811 views

समाचार प्रयोग गरेबापत सञ्चार गृहलाई  गुगल र फेसबुकले पैसा  दिने

एजेन्सी । अष्ट्रेलिया सरकारसँग गुगल र फेसबुकको केही महिना अगाडी विवाद सिर्जना भयो । अस्ट्रेलिया सरकारले अष्ट्रेलियाली सञ्चार माध्यमका समाचार प्रयोग गरेबापत निश्चित रकम भुक्तानी गर्नुपर्ने माग राखेको थियो । यो कुरामा गुगल र फेसबुकले असहमति राख्दै आएका थिए । अन्तत: अष्ट्रेलिया सरकारसँग गुगल झुक्न बाध्य भएको छ ।

सोमबार सात वटा ठूला अस्ट्रेलियन मिडियाले गुगलसँग सम्झौता गरेका हुन् । अष्ट्रेलियन टिभी, छापा माध्यम र अनलाइनले गुगलसँग लङ टर्म पार्टनरसिपमा हस्ताक्षर गरेका हुन् । अष्ट्रेलियन सरकारका मन्त्री, फेसबुकका सीईओ मार्क जुकरबर्ग र गुगलको माउ कम्पनी अल्फाबेट इन्कका सीईओ सुन्दर पिचाइबिच एक हप्ताको छलफलपछि साझेदारी भएको हो । २१ वटा प्रकाशनहरु सञ्चालन गरिरहेका सेभेन वेस्ट मिडियाका अध्यक्ष केरी स्ट्रोक्सले अस्ट्रेलियन सरकारलाई धन्यवाद दिएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?