Breaking News

टेलिकमकाे च्याटबाेट सेवा सुरु: सेवा लिन र गुनासाे सजिलै गर्न सकिने

Feb Tue 2021 06:25:15

1267 views

टेलिकमकाे च्याटबाेट सेवा सुरु:  सेवा लिन र गुनासाे सजिलै गर्न सकिने

काठमाडौं । नेपाल टेलिकमका विभिन्न सेवाहरु तथा सेवा प्रदान गर्ने विधिहरुको बारेमा कम्पनीको वेबसाइटबाटै च्याटमार्फत स्वचालित रुपमा जानकारी प्राप्त गर्न सकिने गरी एनटी च्याटबोट सेवा सुरु गरेकाे छ ।

कम्पनीको वेबसाइट खोल्नासाथ सुरु पेजमा एनटी च्याटबोटको सानो स्क्रिन स्वचालित रुपमा देखापर्दछ । त्यहाँ (निड हेल्प ? वेलकम टु एनटी च्याटबोट) भनेर लेखिएको छ । यसमा कम्पनीका विभिन्न सेवाहरुको बारेमा जानकारी लिनका लागि उपलब्ध विकल्पको छनौट गर्न तथा नेपाली/अंग्रेजी भाषा छनौट गरी प्रश्न लेखेर जिज्ञासा राख्न सकिने टेलिकमले जनाएकाे छ ।

यस मार्फत कम्पनीका विभिन्न सेवाहरु फोरजी, एफटीटीएच, जीएसएम प्रिपेड, जीएसएम पोस्टपेड, ल्यान्डलाइन, एनटी एप, अनलाइन रिचार्ज, अफर, प्याकेज आदिका बारेमा जानकारी प्राप्त गर्न सकिन्छ । त्यसैगरी यसमा विभिन्न सेवाहरुका बारेमा फिडब्याक दिन र गुनासो समेत गर्न सकिन्छ ।

एनटी च्याटबोट सेवाले वेबसाइटमा राखिएका विवरणका आधारमा स्वचालित रुपमा जानकारी उपलब्ध गराउँछ । कम्पनीका सेवाग्राहीले कुनै सेवाका बारेमा थप जानकारी लिनुपरेमा एनटी च्याटबोट बाहेक कम्पनीका सामाजिक सञ्जाल फेसबुक, ट्विटर, भाइबर, इन्स्टाग्राम प्रयोग गर्न सक्दछन् । ग्राहकहरुले कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट पनि सेवा तथा सुविधाहरुका बारेमा विभिन्न जानकारी प्राप्त गर्न सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?