Breaking News

नर्भिक हस्पिटलले डिजीटाइज्ड गर्यो ओपिडि सेवा

Feb Sun 2021 06:17:20

641 views

नर्भिक हस्पिटलले डिजीटाइज्ड गर्यो ओपिडि सेवा

काठमाडौं । नर्भिक इन्टरनेशनल हस्पिटलले विश्वस्तरीय सेवा दिने अभियानलाई तीव्रता दिदैँ आफ्नो सेवाहरुलाई डिजीटाइज्ड गरेको छ । विश्वस्तरीय नयाँ ओपिडीको संचालन आज (आइतबार) बाट औपचारिकरुपमा थालिएको हो । स्तरिय र आधुनिक लुक्सबाट सुसज्जित नर्भिकको नयाँ ओपिडीको एक समारोहकाबीच उद्धघाटन गरिएको हो । 

नर्भिक इन्टरनेशनल हस्पिटलका म्यानेजिङ डिरेक्टर मेघा चौधरीले नर्भिकले आफ्नो सम्पुर्ण सेवालाई पूर्णरुपमा डिजिटाइन गरि अत्याधुनिक बनाउने कामको ओपिडीबाट शुरु गरिएको बताए । उनले नर्भिकले अत्याधुनिक ओपिडीमा आधुनिक लुक्सको साथमा पहिलाभन्दा अझ स्तरीय सेवा, पूर्ण डिजीटाइजेसन तथा स्मार्ट स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको व्यवस्था गरिएको थालिएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?