Breaking News

२७ औ प्रभु पे क्यान इन्फोटेक २०२१ बैशाख २८ गतेदेखि आयोजना हुने

Mar Sun 2021 09:55:57

1143 views

२७ औ प्रभु पे क्यान इन्फोटेक २०२१ बैशाख २८ गतेदेखि आयोजना हुने

- सबु बस्नेत

काठमाडौं । क्यान इन्फोटेक २०२१  बैशाख २८ गतेदेखि सुरु हुने भएको छ । ६ दिनसम्म संचालन हुने इन्फोटेक जेष्ठ २ गते चल्ने क्यान महासंघले जनाएको छ । राजधानी काठमाडौमा आयोजित प्रेस सम्मेलनमार्फत आयोजक क्यान महासंघका अध्यक्ष नवराज कुवरले फेसबुक मार्फत इन्फोटेकको लागि स्पोन्सर र स्टल खुल्ला भएको जानकारी गराएका छन ।

क्यान महासंघले आयोजना गर्दै आइरहेको इन्फोटेकमा सूचना तथा सञ्चार प्रविधिका विभिन्न प्रडक्ट, सेवाहरु प्रदर्शनीमा रहनेछन ।क्यान इन्फोटेक २०१९ मा ३ लाखले अवलोकन गरेकोमा यस वर्ष पनि उल्लेख्य सहभागीता रहने क्यान महासंघले जनाएको छ ।

प्रभु पे शिर्ष प्रायोजक रहेको इन्फोेटेकमा वल्र्डलिंक इन एसोसिएसनमा रहेको छ । यसैगरी अन्य स्पोन्सर र स्टलको लागि क्यान महासंघले बुकिङ खुल्ला गरिएको जनाएको छ । 

क्यान इन्फोटेक २०२१ का लागि मिति २०७७ चैत्र ८ गते देखि प्रदर्शनिकर्ताका निम्ति अनलाईन बुकिङ्ग समेत खुल्ला हुनेछ।


विगतका वर्षहरुमा पुस,माघ, फाल्गुण महिनामा आयोजना हुदै आइरहेको क्यान इन्फोटेक, यो वर्ष २०२१ मा  भने कोभिड १९ को कारण कारण करीब ३ महिना ढीला हुन लागेको हो ।

सूचना प्रविधि प्रर्दशनीमा क्यान महासंघका सदस्य संस्थाहरुका साथै विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधिसम्बन्धी कम्पनीहरुको सहभागिता रहनेछ । प्रर्दशनीलाई व्यवसायीहरूले व्यापार विस्तारका साथै नयाँ–नयाँ प्रविधिको प्रदर्शनी गर्ने थलोका रूपमा उपयोग गर्न सक्नेछन् भने अवलोकनकर्ताले एकै थलोमा सूचना तथा सञ्चार प्रविधिका नौला र भविष्यका निम्ति प्रविधिहरु र उपकरणको अवलोकन तथा खरिद गर्न पाउनेछन् ।

इन्फोटेकमा प्रदर्शनीकर्ताहरुले सफ्टवेयरहरु, नेटवर्किङ र क्लाउड सोल्युशन, मोबाइल फोन तथा सोल्युशन, इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटि सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथा डेस्कटप कम्प्युटर, प्रिण्टर,पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी र हार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शनी तथा विक्रिमा राख्नेछन् ।

त्यसैगरी, आर्टीफिसियल ईन्टेलिजेन्स सम्बन्धि जानकारि, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर,सरकारि क्षेत्रमा प्रयोगमा आएका तथा आउने सफ्टवेयर र सोलुसन्स, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि पनि प्रर्दशनीमा रहनेछन् 

तर ढीलै भए क्यान महासंघले क्यान इन्फोटेक २०२१ मा नेपाल सरकारको स्वास्थ्य सुरक्षा सहितको मापदण्ड अनुसार आयोजनाको प्रबन्ध मिलाएको छ । क्यान महासंघको यो आयोजनाले सूचना प्रविधि क्षेत्रका कम्पनी व्यवसायका लागि राहत र सूचना प्रविधि प्रेमीलाई नयाँ नयाँ प्रविधिको जानकारी सँगै प्रयोगको लागि सहयोग पुग्ने देखिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?