Breaking News

फेसबुक ह्‍याक गर्ने १४ वर्षिय युवा पक्राउ

Apr Tue 2021 08:34:43

1691 views

फेसबुक ह्‍याक गर्ने १४ वर्षिय युवा पक्राउ

काठमाडौं । फेसबुक आइडी ह्‍याक गरी रकम माग गरेको अभियोगमा पर्सा बहुदरमाई नगरपालिका–५ बस्ने १४ वर्षीय किशोरलाई  प्रहरीले पक्राउ गरेको छ । 
    
नेपाली चलचित्र क्षेत्रका केही कलाकारहरूले प्रयोग गर्दै आएको सामाजिक संजालमा अनाधिकृत पहुँच पुर्‍याई फेसबुक एकाउन्ट ह्‍याक गरी उक्त एकाउन्टमा जोडिएका साथीहरूसँग रकम माग गरेको भन्ने सूचनाको आधारमा प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय पर्साको सहयोगमा उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भईरहेको उक्त ब्यूरोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?