Breaking News

ह्वाट्सएपमा नयाँ फिचर, २४ घण्टामा मेसेज आफैं डिलिट हुने

May Sun 2021 07:08:14

895 views

ह्वाट्सएपमा नयाँ फिचर, २४ घण्टामा मेसेज आफैं डिलिट हुने

काठमाडौं । इन्स्ट्यान्ट मेसेजिङ एप फेसबुकले आफ्ना प्रयोगकर्ताका लागि लगातार नयाँ–नयाँ फिचर ल्याइरहेको छ । केही समय पहिले ह्वाट्सएपले एउटा फिचर ल्याएको थियो जसअनुसार ह्वाट्सएपमा पठाइएका मेसेज ७ दिनभित्र आफैं डिलिट हुन्छन् । उक्त फिचरको नाम Disappearing Messages हो ।

अर्को मेसेजिंग एप टेलिग्रामकै सिको गर्दै ह्वाट्सएपले उक्त फिचर पेश गरेको थियो । मेसेज आफैं हराउने समय सीमालाई यसअघि ७ दिन कायम गरिएकोमा ह्वाट्सएपले त्यस्तो समयलाई १ दिनमा झार्ने भएको हो ।

समाचार अनुसार Disappearing Messages फिचरमा ह्वाट्सएपले छिटै नै २४ घण्टाको विकल्प पनि थप गर्दैछ । तत् पश्चात् उक्त विकल्प छनोट गर्ने ह्वाट्सएप प्रयोगकर्ताका पठाएका तथा प्राप्त भएका मेसेजहरु २४ घण्टामा आफैं डिलिट हुनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?