Breaking News

डिजिटल नेपालका लागि १५ सूचना प्रविधि कार्यक्रम घोषणा: निशुल्क सिम वितरणदेखि नमस्ते–पे परीक्षणसम्म

May Sun 2021 07:33:58

1101 views

डिजिटल नेपालका लागि १५ सूचना प्रविधि कार्यक्रम घोषणा:  निशुल्क सिम वितरणदेखि नमस्ते–पे परीक्षणसम्म

सरकारले आइतबार डिजिटल नेपाल बनाउन सहयोग पुग्ने विभिन्न १५ वटा कार्यक्रमको घोषणा गरको छ । May 2 राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गरेको कार्यक्रममार्फत विभिन्न १५ वटा कार्यक्रमको घोषणा गरेको हो ।

 सकारले घोषणा गरेका १५ वटा कार्यक्रमहरुः

१. नागरिक एपमा देहायका थप सेवाहरु अन्तरआवद्धता गर्ने अनलाइन बैंक खाता खोल्ने (नेपाल बैंक र सिद्धार्थ बैंक)
अनलाइन बैंक केवासी भर्ने ।

२. नागरिक एपमा स्थानीय तहको सेवालाई आवद्ध गर्ने कार्यक्रमको घोषणा गर्ने ।

३. काठमाडौं उपत्यका बाहेकका सबै वडा कार्यालय, प्राथमिक स्वास्थ्य केन्द्र र सामुदायिक शिक्षण संस्थाहरुमा डिजिटल नेपालको पूर्वाधार निर्माणको लागि इन्टरनेट पहुँच पु¥याउने ।

४. प्रदेश नम्बर एक र दुईका तराइका सबै जिल्लाहरुमा निशुल्क सिमकार्ड वितरण ।

५. कर्णाली प्रदेश र सुदूर पश्चिमका सबै जिल्लाहरुमा निशुल्क सिमकार्ड वितरण गर्ने ।

६. फाइभजी प्रयोगको परीक्षण नेपाल टेलिकम मार्फत गर्ने ।

७. नेपाल टेलिकमद्धारा डिजिटल पेमेन्ट (नमस्ते पे) एप परीक्षणको रुपमा संचालनमा ल्याउन ।

८. सरकारी डाटालाई सुरक्षित राख्न कोहलपुरमा डाटा सेन्टर र खुमलटारमा डाटा सेन्टर तथा इन्टरनेट एक्सचेन्ज सेन्टर स्थापना गर्ने ।

९. सूचना तथा प्रशारण विभागद्धारा अनलाइन पे्रस पास कार्यान्वयनमा ल्याउने ।

१०. भूमि व्यवस्थापन विभागको सेवालाई नागरिक एपमा आवद्ध गर्ने कार्यक्रम घोषणा गर्ने ।

११. कागजरहित सरकारका लागि नेपाल सरकार सबै निकायहरुले सम्पादन गर्ने कार्यलाई सूचना प्रविधिमा आधारित एकीकृत कार्यालय व्यवस्थापन प्रणाली लागुगरी विभाग, मन्त्रालय, कार्यालयको सेवा स्वचालित गर्ने ।

१२. अनलाइन सरकारी कर तिर्ने कार्यक्रमको घोषण ।

१३. हुलाक वस्नुहरुको दर्तादेखि वितरणसम्मको अभिलेखलाई व्यवस्तित तथा पारदर्शी बनाउन पोष्टल इन्टरनेटल ट्रेकिङ सिस्टम –पीआईटीएस)लाई हरके जिल्ला हुलाक कार्यालय र ईलाका कार्यालयसम्म विस्तार गरिने  ।

१४. विज्ञापन बोर्ड मार्फत हुने लोक कल्याणकारी विज्ञापन, सरकारी विज्ञापन, संकलन, प्रकाशन, प्रशारण, अनुगमन, तथा भुक्तानी कार्य सफ्टवयर फार्मत गरिने ।

१५. राष्ट्रिय फ्रिक्वन्सी रणनीति योजना तयार गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?