Breaking News

यसरी गर्नुहोस् अनलाइनबाट शेयर किनबेच

May Sat 2021 01:35:50

1392 views

यसरी गर्नुहोस् अनलाइनबाट शेयर  किनबेच

अब ट्रेडिङ यूआरएलमा गई आफ्नो यूजरनेम र पासवर्ड प्रयोग गरी टिएमएस ‘समिट’ गरी सिस्टम लगिन गर्न सकिन्छ।

अर्डर पोष्ट गर्नका लागि बायाँ साइडमा रहेको अर्डर म्यानेजमेन्टमा गई नर्मल अर्डरमा क्लिक गर्नुहोस्। त्यसपछि अर्डर इन्ट्रीको स्कृन खुल्नेछ। शेयर खरिद गर्नेले ‘बाइ’ बेच्नेले ‘सेल’ छान्नुहोस्।

शेयरको प्रकारमा ‘इक्वीटी’ छान्नुहोस्। अब कम्पनी छनौट गर्नुहोस् र उक्त कम्पनीको प्रविष्टित आदेशहरु हेर्न सकिन्छ। त्यही आदेश पेजमा शेयर संख्या र चाहेको मूल्य राख्नुहोस् र ‘प्लेस अर्डर’ क्लिक गर्नुहोस्। सो क्लिकपछि यदी ‘एमई नट लग’ भन्ने सन्देश आएमा ब्रोकरलाई नै सम्पर्क गर्नुहोस् र आफ्नो डिएनए लगिन गर्न भन्नुहोस्।

अन्यथा अर्डर प्लेस भएको सन्देश स्कृनमा आउनेछ। अर्डर दिइसकेपछि आफैले त्यही स्कृनमा हेर्न सकिनेछ। अर्डर म्याच भएमा कारोबार सम्पन्न हुनेछ भन्ने अन्यथा त्यो दिनको अन्त्यमा रद्द हुनेछ।

बीचमा अर्डर परिवर्तन वा रद्द गर्न अर्डर म्यानेजमेन्टमा गई अर्डर बुकमा जानुहोस् र ओपन अर्डरमा क्लिक गर्नुहोस्। आफ्नो अर्डरको ‘मोडिफाइ’ संकेतमा क्लिक गरी किनबेच गर्न चाहेको संख्या वा मूल्य परिवर्तन गरी प्लेस अर्डरमा क्लिक गर्नुहोस् वा रद्द गर्न चाहेको खण्डमा क्यान्सिल संकेतमा क्लिक गरी रद्द गर्नुहोस्।

यसरी शेयर कारोबार गर्दा तपाईंले ५० हजार रुपैयाँसम्मको कारोबार गर्नु भएको छ भने ०.४ प्रतिशत शुल्क बुझाउनु पर्छ भने ५० हजारदेखि ५ लाख रुपैयाँसम्म ०.३७ प्रतिशत ५ लाखदेखि २० लाख रुपैयाँसम्मको कारोबारमा ०.३४ प्रतिशत शुल्क, २० लाखदेखि १ करोड रुपैयाँसम्म ०.३० प्रतिशत शुल्क १ करोड रुपैयाँभन्दा माथिको कारोबारमा ०.२७ प्रतिशत शुल्क लाग्छ ।

सेयर बिक्री गर्दा फाइदा भएको पैसामा मात्रै ५ प्रतिशत कर लाग्छ भने डिपी शुल्क भनेर प्रतिकारोबार २५ रुपैयाँ लाग्छ । त्यसबाहेक धितोपत्र बोर्डले पनि ०.०१५ प्रतिशत कमिसन लिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?