Breaking News

विज्ञानको चमत्कार ! कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने

May Fri 2021 01:01:02

829 views

विज्ञानको चमत्कार ! कुकुरले सुँघेरै कोरोना पत्ता लगाउने

ब्रिटिश वैज्ञानिकहरुको एक अनुसन्धानले कुकुरले मान्छेको शरीर सुँघेर कोरोना संक्रमित भए नभएको पत्ता लगाउन सक्ने निष्कर्ष निकालेका छन् ।

लण्डन स्कुल अफ् हाईजिन एण्ड ट्रपिकल मेडिसिनले च्यारीटी मेडकिल डिटेक्शन डॉग्स ऐंड टरहम यूनिवर्सिटी सँग मिलेर उक्त अनुसन्धान गरेको थियो ।

यसले आफ्नै तरीकाले कुकरलाई प्रशिक्षित गर्ने, गन्धको विष्लेषण र मोडलिगं समावेश गरेको जनाएको छ ।

प्रशिक्षित कुकुरले ९४ प्रतिशत बढी संवेदनशीलता र ९२ प्रतिशत सटिकताको साथ पत्ता लगाउन सक्ने अध्ययनले देखाएको छ ।

एलएचटीएममा रोग नियंत्रण विभागका प्रमुख प्रफेसर जेम्स लोगन ले नयाँ प्रकारको भाईरस देशमा प्रवेश गर्ने खतरालाई मध्यनजर गर्दै त्यसको जाँचमा केही समय बाधा आउन सक्ने र त्यो अवस्थामा कुकरले महत्वपूर्ण भूमिका खेल्न सक्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?