Breaking News

चिनको यानले मङ्गल ग्रहमा खिचेको पहिलो तस्बीर सार्वजनिक

May Fri 2021 01:06:08

530 views

चिनको यानले मङ्गल ग्रहमा खिचेको पहिलो तस्बीर सार्वजनिक

चीनले मङ्गल ग्रहमा अवतरण गरेको चिनियाँ जुरोङ नामको यानले खिचेका पहिलो तस्बिर सार्वजनिक गरेको छ ।

उक्त तस्वीरमा यान अगाडिको दृश्यमा मङ्गल ग्रहको सतहका साथै रोबोटका केही भाग देखिन्छन् भने पछाडिको दृश्यमा यानको सौर्य ऊर्जाका प्यानल देखिन्छ ।

 यानको अग्लो भागमा राखिएको क्यामेराले तस्बिर लिनुका साथै यानलाई यताउता जान पनि सहयोग गर्छ ।

चिनियाँ यान अवतरणपछि चीन मङ्गल ग्रहमा अवतरण गरेर लामो समय काम गर्न सक्ने यान राख्ने अमेरिकापछि दोस्रो देश बनेको छ ।

मङ्गल ग्रहको उत्तरी गोलार्धमा उत्रिएको छ पाङ्ग्रे सो यानले कम्तीमा उक्त ग्रहमा कम्तीमा ९० दिन बिताउने विश्वास चिनियाँ वैज्ञानिकहरूले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?