Breaking News

चीनले ‘कृत्रिम सूर्य’ बनायो : १२ करोड डिग्री सेल्सियस तापमान हासिल

May Sun 2021 11:40:01

1013 views

चीनले ‘कृत्रिम सूर्य’  बनायो : १२ करोड डिग्री सेल्सियस तापमान हासिल

बेइजिङ । चिनियाँ वैज्ञानिकहरुले ‘कृत्रिम सूर्य’ पनि भन्ने गरिएको, ‘फ्युजन रियाक्टर’ को परीक्षणका क्रममा १२ करोड डिग्री सेल्सियस तापमान हासिल गरि नयाँ विश्व रेकर्ड कायम गरेका छन् ।

यसमा सूर्य जस्तै (न्युक्लियर) आणविक गतिविधि सम्भव हुने भएकाले नै यो उपकरणलाई कृत्रिम सूर्यको नाम दिइएको हो । यो सूर्य प्रकाश दिनका लागि नभएर सफा ऊर्जा उत्पादन गर्नमा मद्दत गर्ने बताइएको हो ।

यो उपलब्धीबारे इन्स्टिच्युट अफ प्लाज्मा फिजिक्सका खोजकर्ता गोङ शिआनजुले घोषणा गरेका छन्  । ‘एक्सपेरिमेन्टल अड्भान्स्ड सुपरकन्डक्टिङ तोकामाक’, इस्ट नामक सो उपकरणले १२० सेकेन्ड सम्म १२ करोड डिग्री सेल्सियस र २० सेकेन्डका लागि १६ करोड डिग्री सेल्सियस तापमान उत्पन्न गराउन सफल भएको बताइएको छ ।

चिनियाँ वैज्ञानिकहरुले स्वतन्त्र रुपमा आफैँले डिजाइन गरेको यस क्रित्रिम सूर्य अर्थात् न्युक्लियर रियाक्टरले २०१८ को नोभेम्बरमा १० करोड डिग्री सम्मको तापक्रममा काम गर्न सक्ने क्षमता विकास गरेको थियो । त्यो भनेको सूर्यको तापमान भन्दा ७ गुणा धेरै हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?