Breaking News

चीनले ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा उड्ने हाइपरसोनिक विमान बनाउँदै

Jun Wed 2021 07:34:27

841 views

चीनले  ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा उड्ने  हाइपरसोनिक विमान बनाउँदै

चीनले उड्ने हाइपरसोनिक विमानको परीक्षणका लागि एक हाइपरसोनिक टनेल बनाइरहेको छ । यो टनेलमा विमानको परीक्षण २३ हजार माइल प्रतिघण्टा अर्थात ३७ हजार १२ किलोमिटर प्रतिघण्टाको गतिमा हुने छ ।

चाइनिज एकेडेमी अफ साइन्सेन्जका शोधकर्ता हान गुइलईले एक अनलाइन लेक्चरमा भनेका छन्, ‘जे एफ–२२ टनेलमा विमानको परीक्षण ध्वनिको गतिभन्दा ३० गुणा बढी रफ्तारमा हुने छ ।

यो नयाँ प्रविधिबाट सुपरफास्ट जेट विमानमार्फत् विश्वको कुनै पनि देशमा दुई घण्टा वा त्योभन्दा कम समयमा उडान भर्न सम्भव हुन्छ ।

साउथ चाइना मर्निङ पोष्टको रिपोर्ट अनुसार चीन, अमेरिका र रुसले मिसाइलसहित हाइपरसोनिक उडान प्रविधिको विकासमा ठूलो लगानी गर्दै आएका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?