Breaking News

चीनले विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ बजारमा ल्याउदै

Jun Wed 2021 11:36:59

1250 views

चीनले विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ बजारमा ल्याउदै

चीनमा विटक्वाइन जस्तै ‘डिजिटल मुद्रा’ तयार हुँदैछ । चीनको केन्द्रीय बैंकले विकास गरेको डिजिटल मुद्रा (सीबीडीसी)ले राष्ट्रिय मुद्राकै रुपमा चलनमा आउनेछ । यसैबाट केन्द्रीय बैंकको आधिकारिक मुद्रा सरह कारोबार गर्न मिल्नेछ ।

डिजिटल मुद्रा सीबीडीसी प्रयोग गर्नुका आफ्नै सामाजिक तथा आर्थिक फाइदाहरु पनि त्यतिकै रहेका छन् । यसले वित्तीय प्रवाहीकरणको मूलधारमा नआएका र परम्परागत बैंकिङ प्रणालीमा नरहेका मानिसहरुलाई पनि डिजिटल माध्यमको राष्ट्रिय मुद्रा प्रणालीमा जोड्नेछ । यस मुद्रालाई प्रयोग गर्दा मोबाइल स्मार्ट डिभाइसहरुको माध्यमबाट विश्वका जुनसुकै पिछडिएको क्षेत्रमा रहेका मानिसहरुले पनि ’डिजिटल इकोनोमी’मा सजिलै प्रवेश पाउन सक्नेछन् ।

सीबीडीसीले निजी क्रिप्टोकरेन्सीको भन्दा फरक गैरकानूनी मुद्रा अपचलन, आतंकवादी गतिविधिमा सहयोग तथा कर छली जस्ता वित्तीय अपराधहरुलाई कम गर्न मद्दत गर्ने अपेक्षा राखिएको छ । यसका साथै राज्यको मौद्रिक नियन्त्रण तथा पारदर्शितालाई कायम राख्दै फेसबुक र अलिबाबा जस्ता ठूला निजी तथा गैर सरकारी संयन्त्रहरुको अनावश्यक प्रभाव तथा त्यसतर्फ शक्ति प्रवाह हुने खतरालाई समेत यसले बन्देज लगाउनेछ ।

सन् २०२१ मा बैंक फर इन्टरनेशनल सेटलमेन्ट्सले गरेको एक अध्ययन अनुसार विश्वका ८६ प्रतिशत केन्द्रीय बैंकहरुले हाल डिजिटल मुद्रा सीबीडीसीको परीक्षण गरिरहेका छन् । 

हाल चीनका एन्ट ग्रुप, टिन्सेन्ट होल्डिङ र जेडि डटकम जस्ता प्रविधिका टाइकुन कम्पनीहरुलाई चीनको केन्द्रीय सरकारले नै चीनको केन्द्रीय बैंक पिपल्स बैंक अफ चाइना तथा अन्य सरकारी स्वामित्का बैंकहरु र चीनको डिजिटल करेन्सी रिसर्च इन्स्टिच्यूटसँग डिजिटल युआनबारे सहकार्य गर्न निर्देशन दिएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?