Breaking News

विच्याट लाइभमा नाक कोट्याउन नपाइने

Jun Sun 2021 07:10:26

780 views

विच्याट लाइभमा नाक कोट्याउन नपाइने

चिनियाँ सोसल मिडिया प्लेटफर्म विच्याटले आफ्नो लाइभ स्ट्रिमिङ सर्भिसलाई नयाँ नियमहरु लागू गरेको छ । विच्याटले लागू गरेको नयाँ नियमानुसार अब विच्याट प्रयोगकर्ताहरुले लाइभ स्ट्रिमिङ गर्दा नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने जस्ता क्रियाकलापहरु गर्न पाइने छैन 

लाइभ स्ट्रिमिङ सेवाको दैनिक अनुगमनका क्रममा त्यस्ता क्रियाकलापहरु फेला परेको भन्दै विच्याटले प्रयोगकर्तालाई यस्ता विषयमा ध्यान दिएर कारबाही भोग्नबाट बच्नका लागि अनुरोध गरेको छ ।

नाक कोट्याउने तथा नितम्बमा थप्पड हान्ने मात्र नभई टाउकोमा अण्डरवेयर राख्ने, छाती तथा नितम्बलगायतका संवेदनशील अंगको क्षेत्रमा क्यामरा फोकस गर्ने जस्ता क्रियाकलापलाई पनि विच्याटले प्रतिबन्धित गरिएका अश्लील क्रियाकलापको सूचीमा राखेको छ ।

जानीजानी टाटु प्रदर्शन गर्ने, ओछ्यानको तन्ना तथा बेडसिट प्रदर्शन गर्ने, महिलाले बिकिनी वा अन्डरवेयर मात्र लगाएर लाइभमा आउने, बाथ टावेल मात्र जिउमा बेरेर लाइभ गर्नेलगायतका क्रियाकलापलाई पनि विच्याटले बन्देज लगाएको छ ।

विच्याटका अनुसार नियम उल्लंघन गरेर लाइभ स्ट्रिमिङ उल्लेखित क्रियाकलापहरु गरेमा लाइभ स्ट्रिमिङ गर्ने च्यानल तथा स्ट्रिमिङकर्ता दुवैलाई सजाय हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?