Breaking News

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने

Jun Sun 2021 07:42:38

801 views

सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने

काठमाडौं । सामाजिक सञ्जालको दुरुपयोग गरी अमर्यादित कार्य गर्ने, चरित्र हत्या गर्ने उद्देश्यबाट त्यस्ता सामग्रीहरु बनाउने, प्रकाशन, प्रसारण गर्ने जस्ता कार्यहरु नगर्न र नगराउन हुन प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोले अनुरोध गरेको छ । 

सामाजिक सञ्जाल फेसबुक, टिकटक, युट्यूब लगायतमा व्यक्तिहरुको तस्विर, भिडियो दुरुपयोग गर्दै प्रचलित कानुनले प्रकाशन तथा प्रदर्शन गर्न नहुने भनी रोक लगाएका सामग्रीहरु सार्वजनिक नैतिकता, शिष्टाचार विरुद्धका सामग्री कसैप्रति घृणा वा द्वेष फैलाउने उद्देश्यबाट प्रकाशन, प्रसारण गरेको पाइएमा विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत कारवाही हुने उक्त ब्यूरोले जनाएको छ ।

साथै त्यस्ता गतिविधि गर्ने उपर प्रचलित कानुनवमोजिम ब्यूरोबाट कारवाही हुँदै आएको र कतिपय सूचना, निवेदनहरु निरन्तर अनुसन्धानको क्रममा रहेको समेत सो ब्यूरोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?