काठमाडौं । नेपाल टेलिकमका मोबाइलमा फोन नलाग्ने प्राविधिक समस्या देखिएको छ । बिहानैदेखि पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो । फोन नलाग्ने समस्याले सेवाग्राही समस्यामा परेका छन् । नेपाल टेलिकमका प्रवक्ता राजेश जोशीले सिस्टममा समस्या आएकाले जीएसएम नम्बरमा फोन नलाग्ने समस्या आएको बताए ।
2 years ago