Breaking News

डब्लुआइसिटी (WICT) द्धारा वुमन हेल्थ केयर विथ टेक्नोलोजी एक दिने वेभिनार कार्यक्रम सम्पन्न, प्रविधिको प्रयोगबाटै महिला स्वास्थ्यको सुरक्षा गर्न सकिने

Jul Sun 2021 10:17:24

751 views

डब्लुआइसिटी (WICT) द्धारा वुमन  हेल्थ केयर विथ टेक्नोलोजी एक दिने वेभिनार कार्यक्रम सम्पन्न, प्रविधिको प्रयोगबाटै महिला स्वास्थ्यको सुरक्षा गर्न सकिने

WICT कमिटी, क्यान महासंघ द्धारा  महिला स्वास्थ्यको निम्ति प्रविधि (Women Health Care with Technology) विषयक एक दिने वेभिनार कार्यक्रम सम्पन्न भएको छ । क्यान फेडरेसन अन्तर्गत WICT कमिटीले आयोजना गरेको उक्त कार्यक्रममा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष रत्न तारा वैद्यले स्वागत मन्तव्यका साथै कार्यक्रमको सफलताको शुभकामना दिनु भएको थियो ।

कार्यक्रमको सुरुवातमा कार्यक्रम संयोजक WICT कमिटीका अध्यक्ष शिला कंसाकार कार्कीले कार्यक्रमको उद्देश्यसँगै क्यान महासंघ र कमिटीको बारेमा जानकारी दिनुभयो । सन् २०१५ मा महासंघमा परिणत भएको क्यान महासंघ सूचना, संचार र प्रविधिको क्षेत्रलाई उपयोग, विकास, संरक्षण र सम्वद्र्धनका लागि साथै यस क्षेत्रमा आफ्नो करियर बनाईसकेका, बनाउँदै गरेका र बनाउन गइरहेका युवा वर्गलाई एउटै छातामुनि राख्न सफल संस्था भएको बताउनुभयो ।

क्यान महासंघको उद्देश्य भनेको नेपाल सरकारले सूचना, संचार र प्रविधिमा गर्ने विकासमा हातेमालो गर्नुका साथै यसको विकासलाई सल्लाह, सुझाव दिने काम पनि गर्दछ । जस अनुरुप हाल नेपाल सरकारको डिजिटल नेपाल फ्रेमवर्कको अवधारणालाई कार्यान्वयनमा ल्याउन क्यान महासंघले सहकार्य गर्दै आएको बताउनु भयो ।

क्यान महासंघमा विभिन्न कमिटी रहेकोमा महिलाहरुको यस क्षेत्रमा पहुँच र सहभागिता गराई महिलाहरुलाई शशक्तिकरण बनाउने उद्देश्यले यस कमिटीको गठन भएको बताउनुभयो । कमिटीका अध्यक्ष कार्कीले सूचना, संचार र प्रविधिका बारेमा चेपांग जातीका महिला, स्कूलकलेजका बिद्यार्थी भाइबहिनीहरु, युवाहरु लगायत विभिन्न क्षेत्रका महिला दिदीबहिनीहरुलाई चेतनामूलक कार्यक्रमहरु, तालिमहरु गरिसकेको र यसलाई निरन्तरता दिईरहेको समेत जानकारी दिनुभयो ।

अहिलेको महामारीमा महिलाहरुलाई मानसिक स्वास्थ्यमा समस्या बढी देखिने विशेषज्ञहरुको भनाईलाई मध्यनजर गरेर यो कार्यक्रम आयोजना गरेको कमिटी अध्यक्ष कार्कीले जानकारी दिनुभयो ।

कार्यक्रममा मनोचिकित्सक नेपाल पुलिस अस्पतालका डिएसपी डाक्टर जयन्ती ढुंगानाले तनाव व्यवस्थापनमा बारेमा आफ्नो प्रस्तुतिकरण गर्नु भएको थियो । मानिसलाई कसरी तनाव हुन्छ र त्यसबाट बच्न कस्तो उपायहरु अपनाउन सकिन्छ भन्ने विषयमा बताउँदै मानिसलाई यो समयमा ध्यान तथा योग र सकारात्मक सोच लिन आग्रह गर्नुभयो । कोभिड १९ ले एक प्रकारको आक्रन्त नै पारीरहेको बेला घरबाट बाहिर पनि निसक्न नमिल्ने यो अवस्थामा मानसिक स्वास्थ्यमा समस्या पर्ने र त्यसलाई न्यूनीकरण गर्न के कस्ता उपाय अपनाउने भन्ने बारेमा उहाँले उपयोगी प्रस्तुतिकरण दिनुभएको थियो ।

त्यस्तै धेरै महिलाहरुमा भइरहने प्रसुति तथा अन्य महिलाहरुमा लाग्ने रोगहरुबाट सुरक्षित र स्वस्थ रहन ध्यान दिर्नुपर्ने बारेमा नेपाल पुलिस अस्पताल प्रसुति तथा स्त्री रोग विशेषज्ञ, डिएसपी डाक्टर सविता सिंहले आफ्नो प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस्तै WICT कमिटी सदस्य ई.अदिप्ती गुप्ताले हामीले सधै आफूसँग रहने मोबाइलबाट स्वास्थ्य स्थितिबारेमा जानकारी लिन सकिने साथै विभिन्न स्वास्थ्य एप्सबाट स्वस्थ रहन कसरी प्रयोग गर्ने बारे विभिन्न स्वास्थ्य सम्बन्धि एप्सहरुको जानकारी सहितको आफ्नो प्रस्तुति दिनुभएको थियो ।

WICT कमिटी सदस्य दिव्यतारा शाक्यले कार्यक्रममा प्रस्तुतिका बारेमा आएका प्रश्न तथा जिज्ञासाहरुको बारे मध्यस्थकर्ताको भूमिका निर्वाह गर्नु भएको थियो भने कार्यक्रममा सञ्चालन WICT कमिटी सदस्य सम्पन्न श्रेष्ठले गर्नुभएको थियो ।

कार्यक्रममा उपस्थित र कार्यक्रममा प्रत्यक्ष , अप्रत्यक्ष सहयोग गर्नूृहुने सबैलाई WICT कमिटी सदस्य रीना श्रेष्ठले धन्यवादज्ञापन गर्नुभयो  ।

कार्यक्रममा क्यान महासंघका पूर्व अध्यक्ष विप्लव मान सिंह, महासचिव नारायण थापा, सचिव शेखर दुलालको समेत उपस्थिति रहेको थियो । त्यस्तै WICT कमिटीका सल्लाहकार शीखा श्रेष्ठ, रोजा किरण बासुकला, सदस्यहरु सरुना श्रेष्ठ, मीना अर्याल, शान्ति शाक्यको पनि सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न संघ संस्थाबाट सहभागी हुने क्रममा तितेपाती महिला सहकारी संस्था, रुपन्देहीका अध्यक्ष कमला बस्नेत कुँवर, संस्थाका पदाधिकारीहरु र सदस्यहरु, क्यान महासंघका विभिन्न प्रदेश, जिल्लामा रहेका शाखाहरुका पदाधिकारी तथा सदस्यहरु, बाग्लुङ समाजका पदाधिकारीहरु, पाटन जेसीसका पदाधिकारी र सदस्यहरु, विभिन्न जिल्लाका सहकारीका महिला दिदीबहिनीहरु, स्कूल, कलेजका प्रतिनिधिहरु लगायत विभिन्न क्षेत्रमा कार्यरत महिला दिदीबहिनीहरु गरी करीब सय जना भन्दा माथिको संख्यामा कार्यक्रममा उपस्थिति रहेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?