Breaking News

CYBER ATTACK : २०० भन्दा बढी अमेरिकी कम्पनीहरूमा साइबर हमला

Jul Mon 2021 08:01:59

1180 views

CYBER ATTACK : २०० भन्दा बढी अमेरिकी कम्पनीहरूमा  साइबर हमला

संयुक्त राज्य अमेरिकामा एउटा शक्तिशाली साइबर हमला हुँदा करिब २०० वटा व्यवसायहरू प्रभावित भएका छन्। साइबर सुरक्षा कम्पनी 'हन्ट्रेस ल्याब्स' का अनुसार ह्याकरहरूले मायामिमा मुख्यालय रहेको प्रविधि कम्पनी कसेयालाई निशाना बनाएका थिए।

त्यसपछि उक्त फर्मको कर्पोरेट सफ्टवेयर प्रणालीबाट उक्त र्‍यानसमवेअर आक्रमण फैलिएको थियो। कसेयाले भीएसए नामक आफ्नो प्रविधिमा सम्भावित आक्रमण भएको हुनसक्ने भन्दै त्यसको अनुसन्धान गरिरहेको जनाएको छ।

रुसबाट उत्पत्ति भएको फिरौती उठाउने साइबर हमलाकारीहरूको समूह 'रीभील'ले उक्त आक्रमण गराएको हुनसक्ने विश्वास हन्ट्रेस ल्याब्सको छ।

यसअघि उक्त समूहले मासु प्याकिङ गर्ने प्रणालीलाई ठप्प पारिदिएको आरोप अमेरिकी अनुसन्धान निकाय एफबीआइले लगाएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?