Breaking News

अबदेखि टिकटकमा तीन मिनेटका भिडियो पोस्ट गर्न सकिने

Jul Sun 2021 11:31:10

384 views

अबदेखि टिकटकमा तीन मिनेटका भिडियो पोस्ट गर्न सकिने

टिकटकले प्रयोगकर्तालाई ३ मिनेट सम्मका भिडियो पोस्ट गर्न मिल्ने सुविधा उपलब्ध गराउने भएको छ । हाल १५ सेकेण्ड र अधिकतम एक मिनेटसम्मका भिडियोमात्र टिकटकमा पोस्ट गर्न सकिने सुविधा रहेकोमा निकटले भिडियोको अधिकतम लम्बाइलाई ३ मिनेट बनाउने तयारी गरिरहेको हो ।

टिकटकका प्रडक्ट म्यानेजर ड्रिउ किर्चहोफले एक ब्लगपोस्टमा भनेका छन् स् यस परिवर्तनले प्रयोगकर्ताको कथानक प्रस्तुति तथा मनोरञ्जनलाई थप सम्वृद्ध बनाउनेछ ।

सन् २०१८ मा लञ्च भएको टिकटकले आफूलाई युट्युबलगायतका अन्य प्रतिस्पर्धी प्लाटर्फमहरुभन्दा फरक राख्दै आफ्नो प्लाटर्फममा पोस्ट गरिने भिडियोको अधिकतम लम्बाई उक मिनेट कायम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?