Breaking News

क्रिप्टोकरेन्सी कारोबारबाट हुनसक्ने आठ जोखिमहरू

Jul Tue 2021 12:21:00

723 views

क्रिप्टोकरेन्सी कारोबारबाट  हुनसक्ने आठ जोखिमहरू

क्रिप्टोकरेन्सीमा गरिएको लगानी कति जोखिमपूर्ण छ भन्नेबारे भने उनीहरूले हेक्का राखेको देखिँदैन । जबकि यस्ता करेन्सीमा गरिएको लगानीका कारण मानिस दिनानुदिन धनी बन्दै गएको कथाहरू भने उनीहरूले मुखाग्र गरेका हुन्छन् । 

यहाँ बिटक्वाइन लगायतका क्रिप्टोकरेन्सीमा गरिएको लगानीमा हुनसक्ने आठ वटा प्रमुख जोखिमबारे चर्चा गरिएको छ । 

पहिलोः किप्टोकरेन्सीको मूल्य जुन गतिमा बढ्छ त्यही गतिमा तल झर्ने पनि गरेको देखिएको छ । जबकि धेरैजसो लगानीकर्ताहरूलाई यसको मूल्यमा के कारणले गिरावट आयो भन्ने  थाहै हुँदैन । अनि, हतारमा बेच्छन् र दुख गरेर कमाएको पैसा गुमाउँछन् । पछिल्ला दुई महिनामा मात्रै बिटक्वाइनको मूल्य हेर्ने हो भने ६५ हजार डलरबाट झरेर अहिले ३० हजार डलरको हाराहारीमा छ । 

दोस्रोः हाम्रो देश नेपालमा यस्ता करेन्सीहरुको कारोबार अवैध नै हुन् । सरकारले किप्टोकरेन्सीलाई कुनै पनि प्रकारको मान्यता दिएको छैन । यसअघि नै यस्ता कारोबारी र नेपालमै किप्टोकरेन्सी माइनिङ गर्ने गिरोहमाथि सरकारले कारबाही गरिसकेको छ । त्यति मात्र होइन बिटक्वाइनको कारोबारमा संलग्न रहेको भन्दै कतिपय फिनटेक कम्पनीहरूलाई समेत सरकारले निगरानीमा राखेको थियो । यसर्थ यसमा गरिएको लगानी कानुनतः  जोखिमपूर्ण नै रहने देखिन्छ । 

तेस्रोः किप्टोकरेन्सीको प्रयोग गरेर मनि लन्ड्रिङ हुनसक्ने सम्भावना बारे सरकार सधैँ सजग रहेको छ । यसबाट देशको सुरक्षा खतरा हुनसक्ने भएकोले राज्यले यसको कारोबार गर्नेलाई अपराधीको व्यवहार गर्ने गर्छ । त्यसैले पनि किप्टोकरेन्सीसंगको सम्बन्ध अहितकारी हुने देखिन्छ । 

चौथोः किप्टोकरेन्सीको मूल्यमा अन्तर्राष्ट्रिय स्तरमा हुने स साना घटनाहरूले समेत ठुलो प्रभाव पार्ने गरेको छ । जस्तो की केही दिन अघि विश्वकै धनाढ्य टेस्ला कम्पनीका मालिक एलन मस्कले बिटक्वाइनबारे गरेको एउटा ट्विटको कारण त्यसको मूल्यमा ठुलो गिरावट आएको थियो । त्यस्ता हुँदा स साना लगानीकर्ताले निकै ठुलो क्षति बेहोर्नु पर्ने हुन्छ । 

पाँचौँ: पछिल्ला दिनमा विश्वव्यापीरुपमा साइबर सुरक्षाबारेको चिन्ता बढी रहेको छ । यस्तोमा किप्टोकरेन्सीको कारोबार स्वभाविकरुपमा खतरामा पर्ने हुन्छ । किनकि यस्ता करेन्सीहरुको लेनदेन एउटा कोडको अथवा पासवर्डको माध्यमबाट गरिन्छ । यदि कसैले त्यो कोड वा पासवर्ड बिर्सियो भने त्यो करेन्सी सधैँका लागि गुम्यो । 

छैटौँः प्रायः मानिसहरूले वाजिर एक्स, युनो क्वाइन, क्वाइन डिसी एक्स, जेब पे, क्वाइन स्विच कुवर जस्ता एपहरूको माध्यमबाट क्रिप्टोकरेन्सीमा लगानी गर्ने गर्छन् । तर, यी एपहरूमा यस प्रकारको लगानीका लागि आवश्यक पर्ने बलिया सर्तहरू छैनन् । त्यसैले खतराको घण्टी बजिरहेको हुन्छ । 

सातौँः क्रिप्टोकरेन्सीमा देखिएको सबैभन्दा ठुलो जोखिम यो हो की यसबारे अहिलेसम्म कुनै नियम नै छैन । यसको नियन्त्रण वा नियामक गर्ने कुनै देश, सरकार वा संस्था छैन । त्यसैले यसको मूल्य कहिले तीव्र गतिमा आकासिन्छ त कहिले त्यो भन्दा छिटै तल झर्छ । यसकारण क्रिपटोकरेन्सीम गरेको लगानी बिग्रेको जहाजमा गरेको यात्रामा भन्दा कम जोखिमपूर्ण छैन । 

आठौँः क्रिप्टोकरेन्सीमा ठगी हुने खतरा उति नै बढी छ । अमेरिकाको फेडेरल ट्रेड कमिसनले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२० को अक्टोबर देखि २०२१ को मे सम्ममा सात हजार जना मानिसहरू क्रिप्टोकरेन्सीको कारोबार गर्ने क्रममा ठगी सिकार भइसकेका छन् । 

Source : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?