Breaking News

दुबईमा ड्रोनको प्रयोग गर्दै गरियो कृत्रिम वर्षा

Jul Sun 2021 02:08:38

690 views

दुबईमा  ड्रोनको प्रयोग गर्दै गरियो कृत्रिम वर्षा

अत्याधिक गर्मी भएपछि दुबईमा कृत्रिम वर्षा गराइएको छ । अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार तापक्रम ५० डिग्री पुगेपछि युएईको मौसम विभागले कृत्रिम वर्षा गराएको हो ।

गर्मीले मानिस र पशुपंक्षीहरुको मृत्यु हुन थालेपछि बच्नका लागि दुबईले कृतिम वर्षाको नयाँ उपाय निकालेको हो । अहिले त्यहाँको तापक्रम ५० डिग्रीको हाराहारीमा रहेको बताइएको छ ।

मौसम विभागका अनुसार युएईले ड्रोनको प्रयोग गर्दै बादललाई विद्युतीय चार्ज गर्ने काम गरेको छ । त्यस चार्जपछि बादल वर्षिएको हो । यस प्रविधिमार्फत बिजुलीले बादलहरूलाई जोडसँग झट्का दिन्छ । जसबाट बादलमा घर्षण पैदा हुन्छ र यही घर्षणका कारण पानी पर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?