Breaking News

भर्न छुट्ला है ! मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तको आइपीओ

Jul Tue 2021 11:10:31

514 views

भर्न छुट्ला है ! मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तको आइपीओ

आईपीओ : मैलुङ खोला जलविद्युत कम्पनी, सानिमा लाइफ इन्स्योरेन्स र मानुषी लघुवित्तले यहि महिनाभित्र आईपीओ बिक्री खुला गर्ने भएका न् ।  

मैलुङ खोला जलविद्युत कम्पनी यहि साउन १४ गते सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएको छ । साथै, सानिमा लाइफ इन्स्योरेन्स साउन २० गते र मानुषी लघुवित्तले साउन २७ गते आईपीओ बिक्री खुला गर्ने भएका हुन् ।

मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडले सर्वसाधारणमा ७ करोड ३६ लाख २८ हजार ६०० बराबरको आईपीओ विक्री गर्न लागेको हो । कम्पनीले उक्त मूल्य बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरको ७ लाख ३६ हजार २८६ कित्ता आईपीओ विक्री गर्न लागेका हो ।    आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीले वित्तीय दायित्व पुरा नगरेको वा छिटै पुरा गर्न नसक्ने संकेत गर्दछ ।   

सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले साउन २० गतेदेखि सर्वसाधारणमा आईपीओ विक्री गर्ने भएको छ । कम्पनीले ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता आईपीओ विक्री गर्ने भएको हो ।   

कम्पनीले सर्वसाधारणमा विक्री गर्ने कुल ६० लाख कित्ता आईपीओमध्ये ५ प्रतिशत अर्थात ३ लाख कित्ता कर्मचारीहरुलाई र ५ प्रतिशत सामूहिक लागनी कोषहरुलाई सुरक्षित गरी बाँकी ५४ लाख कित्ता शेयर सार्वजनिक निष्कासन मार्फत विक्री गर्न लागेको हो ।  

आईपीओ खरिदका लागि न्यूनतम १० कित्तादेखि ३० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने व्यवस्था छ । 

कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले समयमै वित्तीय दायित्व पुरा गर्न सक्ने सम्बन्धमा मध्यम रूपमा सुरक्षित रहेको संकेत गर्ने केयर एनपी त्रिपल बि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । 

 मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन २७ गते देखि सर्वसाधारणमा आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले ३ करोड ९३ लाख ७५ हजार बराबर रुपैयाँको ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ निष्कासन गर्न लागेको हो ।

कुल कित्तामध्य कम्पनीले शून्य दशमलव ५ प्रतिशत दरको ५ हजार ४६९ कित्ता कर्मचारीको लागि र ५ प्रतिशत दरको १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषको लागि छुट्याएर र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणमा सार्वजनिक निष्कासन गर्न लागेको हो ।  आइपीओ निष्कासन बाँडफाँट पश्चात पूँजी १० करोड ९३ लाख ७५ हजार रुपैयाँ पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओलाई केयर रेटिङ नेपालले केयर एनपी बि प्लस रेटिङ प्रदान गरेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?