Breaking News

डिजिटल वित्तिय सेवाले सर्ककोड नम्बर पाउने

Aug Sun 2021 08:27:52

738 views

डिजिटल वित्तिय सेवाले सर्ककोड नम्बर पाउने

काठमाडौं । डिजिटल वित्तिय सेवाका लागि तीन अंकको सर्टकोड प्रयोगको सुबिधा पाउने भएका छन । नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल वित्तिय सेवाका लागि ने यूएसएसडी वा एसएमएस सर्ट कोड बारेमा निर्णय गरेसँगै सर्टकोड प्रयोगको सुबिधा पाउने भएका हुन् । त्यस्ता सेवा प्रदायकहरुले नेपाल राष्ट्र बैंकबाट प्राप्त अनुमतिको आधारमा मात्र सो सेवा पाउने भएका छन् । 

यो कोड प्राप्त गर्नका लागि वित्तिय सेवा संचालन सम्बन्धमा अनुमति लिएको प्रमाण पेश गर्नुपर्नेछ। त्यसैगरि कुनै सेवा प्रदायकले डिजिटल वित्तिय सेवा संचालन गर्दा यूएसएसडी वा एसएमएस सर्ट कोड प्रयोग गर्नुपर्ने भएमा सम्बन्धित दूरसञ्चार सेवा प्रदायकमार्फत यूएसएसडी वा एसएमएस सर्ट कोड प्राधिकरणमा अनुरोध गर्नुपर्नेछ।

 डिजिटल वित्तिय सेवा प्रदायकहरुलाई यूएसएसडी वा एसएमएस सर्ट कोड उपलब्ध गराउनेछ। सर्टकोडमा अगाडिको ५ नम्बर अंग्रेजी र पछाडिको दुई अंकले राष्ट्र बैंकबाट अनुमति प्राप्त सेवा प्रदायक भनेर बुझाउने प्राधिकरणले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?