Breaking News

संसारकै सबैभन्दा खतरनाक ड्रोन ! जसले बम र मिसाइल एकैपटक हान्न सक्छ

Aug Fri 2021 10:52:17

533 views

संसारकै सबैभन्दा खतरनाक ड्रोन ! जसले बम र मिसाइल एकैपटक हान्न सक्छ

विश्वमा अहिलेसम्म निकै खतरनाक ड्रोनहरु विकसित गरिएका छन् जुन ड्रोनहरु अन्तर महादेश अन्तर्राष्ट्रिय उडान गर्ने ठूला विमानहरुभन्दा पनि उचाइमा उड्न सक्छन् । यी ड्रोनहरुले दुश्मनहरुमाथि निकै शक्तिशाली बमदेखि मिसाइलसम्म हान्न सक्छन् । विश्वकै सबेभन्दा शक्तिशाली यो ड्रोनको नाम एमक्यु नाइन रिपर हो र यसलाई प्रिडेटर बी भनेर पनि चिनिन्छ । अमेरिकी वायुसेनासँग कम्तीमा ९३ वटा एमक्यु नाइन रिपर छन् ।

इनसाइडरको एक रिपोर्टअनुसार एमक्यु नाइन रिपरबाट एजीएम ११४ हेलफायर मिसाइल हान्न सकिन्छ । यसबाहेक यो ड्रोनबाट जीबीयु १२ पेभवे ३ र जीबी ३८ ज्वाइन्ट डाइरेक्ट अट्याक म्युनिसन्स जस्ता खतरनाक बम खसाल्न सकिन्छ । यो ड्रोनलाई १ हजार ८५० किलोमिटर टाढाबाट पनि चलाउन सकिन्छ । अमेरिकाले एमक्यु नाइन रिपर ड्रोनको प्रयोग गरेरै इरानी कमाण्डर जनरल सुलेमानीको हत्या गरेको थियो ।

एमक्यु नाइन रिपरको सबैभन्दा खतरनाक विशेषता भनेको दुश्मनले यो ड्रोन आफूनजिक आएको थाहा पनि पाउँदैनन् किनकि यो ड्रोनले एकदमै कम आवाज निकाल्छ । एमक्यु नाइन रिपरलाई संसारकै सबैभन्दा घातक ड्रोनमध्येको मानिन्छ । यो आफ्नो गति र प्रहार गर्न सक्ने क्षमताका कारण पनि घातक मानिएको हो । यसको तौल कुनै अफ्रिकी हात्तीको जति हुन्छ ।

यो ड्रोन कुनै पनि व्यवसायिक जहाजभन्दा धेरै उचाइमा अर्थात समुद्र सतहबाट १५ किलोमिटर उचाइमा उड्न सक्छ । कुनै पनि जहाज समुद्र सतहबाट ११ किलोमिटर माथि मात्र जान सक्छ । यो ड्रोन तीब्र हावा चलिरहेको बेलामा पनि उड्न सक्छ । यसले १ हजार ७ सय किलो तौल उठाएर उड्न सक्छ । यो ड्रोन ४८२ किलोमिटर प्रतिघण्टाको गतिमा उड्न सक्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?