Breaking News

मेरो शेयरको पासवर्ड अब यसरी आफै परिवर्तन गर्न सकिने

Aug Sat 2021 01:35:20

538 views

मेरो शेयरको पासवर्ड अब यसरी आफै परिवर्तन गर्न सकिने

केन्द्रीय निक्षेप प्रणाली९सिडीएससी०ले मेरो शेयरमा नयाँ फिचर थप गरेको छ । सिडीएससीले मेरो शेयरको वेबसाइटमा पासवर्ड परिवर्तन गर्ने फिचर थप गरेको छ। फिचर थप गरेसँगै सर्वसाधारणले अब आफै पासवर्ड परिवर्तन गर्न सक्ने छन्।

कसैले मेरो शेयरको पासवर्ड बिर्सिएको भए फरगेट पासवर्डमा गएर किल्क गर्न सक्ने छन्। 

उक्त फिचरमा किल्क गरेसँगै लगानीकर्ताले आफ्नो निक्षेप सदस्यको नाम दाखिला गर्नु पर्ने छ। साथै आफ्नो युजर नेम र जन्म मिति दाखिला गरेपछि पासवर्ड परिवर्तन हुनेछ। परिवर्तित पासवर्ड सिस्टमले नै इमेलमा पठाउने छ।

इमेलमा आएको पासवर्ड प्रयोग गरी खाता चलाउन सक्ने सिडिएससिको भनाई छ।

यस अघि भने पासवर्ड बिर्सिदा सर्वसाधारणले निक्षेप सदस्यहरूलाई नै भन्नु पर्ने स्थिति रहेको थियो। जसले गर्दा समय लाग्ने गरेको थियो। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?