Breaking News

तालिबानबाट जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनको यी ६ महत्वपूर्ण सुबिधाहरु

Aug Mon 2021 08:10:12

552 views

तालिबानबाट जोगाउन फेसबुक, ट्वीटर र लिंक्डइनको यी ६ महत्वपूर्ण सुबिधाहरु

तालिबानले अफगानिस्तानमा नाटकीय रुपमा कब्जा जमाएसँगै धेरै अफगानीहरु आफ्नो विगतको डिजिटल फुटप्रिन्ट मेटाउने प्रयासमा छन् । आफ्नो विगतको अनलाइन गतिविधिका आधारमा तालिवानले बदला लिन्छ कि भन्ने मान्छेहरुलाई त्रास छ । यसलाई मध्यनजर गर्दै फेसबुक, ट्वीटर तथा लिंक्डइनले अफगानी प्रयोगकर्ताहरुलाई तालिवानाबाट बचाउनका लागि महत्वपूर्ण कदम चालेका छन् ।

१) फ्रेण्ड लिस्ट हेर्ने तथा सर्च गर्न नसक्ने बनाउनु स् फेसबुकले अफगानिस्तानमा रहेका जोकोही फेसबुक प्रयोगकर्ताको फेसबुक अकाउन्टमा को को फेसबुक फ्रेन्ड छन् भनेर अन्य मानिसले देख्ने पाउने तथा खोज्न सक्ने फिचर अस्थायी रुपमा हटाइदिएको छ । यो सँगै अब अफगानी फेसबुक प्रयोगकर्ताको फेसबुकमा को को साथी छन् र थिए रु भन्ने कुरा तालिवानले थाहा पाउने छैन ।

२) एक क्लिकमै फेसबुक लक हुने स् अफगानी फेसबुक प्रयोगकर्ताले अब एक क्लिकमै आफ्नो फेसबुक लक गर्न सक्नेछन् । उक्त वान क्लिक टूलको प्रयोग गरी आफ्नो फेसबुक अकाउन्ट जुनसुकै बेला पनि तत्कालै लक गर्न सकिने र यसो गरिसकेपछि आफ्नो साथीको सूचीमा रहेका बाहेक अन्यले आफ्नो टाइमलाइन पोस्टहरु हेर्न तथा प्रोफाइल फोटो शेयर गर्न सक्नेछैनन् ।

३) आर्काइभ भएका ट्वीट डिलिट हुँदै स् माइक्रोब्लगिङ साइट ट्वीटरले पनि आफ्ना अफगानी प्रयोगकर्ताहरुलाई तालिवानको सम्भावित खतराबाट जोगाउनका लागि महत्वपूर्ण कदम चालेको छ । ट्वीटरले अफगानी ट्वीटर प्रयोगकर्ताका आर्काइभमा राखेका पूराना ट्वीट हटाउने अनुरोध तत्कालै कार्यान्वयन गर्नका लागि इन्टरनेट आर्काइभ सहकार्य अघि बढाएको छ ।

४) अस्थायी रुपमा ट्वीटर अकाउन्ट निलम्बन स् डाइरेक्ट मेसेज तथा विभिन्न फलोअर्स जस्ता जानकारीहरु भएका आफ्नो ट्वीटर अकाउन्टमा यदि कुनै अफगानी प्रयोगकर्ताले तत्काल लगइन गर्न नसक्ने अवस्था नरहेको र आफ्नो ट्वीटर अकाउन्टको सोही जानकारी तालिवानले प्राप्त गर्दा आफ्नो जीउज्यान नै जोखिममा पर्ने खतरा रहेका अफगानी प्रयोगकर्ताको अकाउन्ट ट्वीटरले अस्थायी रुपमा निलम्बन गरिदिनेछ । प्रयोगकर्ताले लगइन गरेर आफ्ना डाटा मेटाउने अवस्थामा नहुन्जेल सम्मका लागि प्रयोगकर्ताको अकाउन्ट निलम्बन गरेर अरुलाई अनधिकृत लगइन गर्नबाट ट्वीटरले रोक्नेछ ।

५) सरकार सम्बद्ध अकाउन्टहरुको अनुगमन स् ट्वीटरका अनुसार उसले सरकारी संस्थाहरु सम्बद्ध ट्वीटर अकाउन्टहरुमाथि सक्रिय रुपमा अनुगमन गरिरहेको छ । साथै कुनै पनि छद्म खालका तथा पूरा जानकारी प्रदान नगरेका अकाउन्टहरु अस्थायी रुपमा निलम्बन गरिनेछ ।

६) अफगानी लिंक्डइन युजरको विवरण लुकाइयो स् माइक्रोसफ्ट स्वामित्वको व्यवसायिक नेटवर्किङ साइट लिंक्डइनले अस्थायी रुपमा अफगानी प्रयोगकर्ताहरुसँग सम्बन्धित सबै विवरणहरु लुकाइदिएको छ । अब कुनैपनि अफगानी लिंक्डइन प्रयोगकर्ताको प्रोफाइल हेर्न सकिने छैन ।


एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?