Breaking News

सामाजिक संजालमा गरिने विज्ञापनको ४ अर्ब करको दायरा बाहिर

Sep Fri 2021 08:40:25

368 views

सामाजिक संजालमा गरिने विज्ञापनको ४ अर्ब करको दायरा बाहिर

सूचना प्रविधिको विकासले मानिसको दैनिक जीवनलाई सहज बनाएको छ । तर त्यसबाट प्राप्त हुने सरकारी राजस्व भने गुम्दै गएको पाइएको छ । सामाजिक सञ्जाल प्रयोगकर्ता दिनप्रतिदिन बढिरहेका छन्। तर त्यही सामाजिक संजाल मार्फत हुने विज्ञापन भने करको दायरामा छैनन् । सामाजिक संजालमा हुने विज्ञापनको कारोबारको यकिन तथ्यांक कुनै पनि निकायहरुसँग छैन । तर विज्ञापन व्यवसायीहरुका अनुसार सामाजिक संजाल मार्फत विज्ञापनको नाममा बार्षिक ४ अर्ब रुपैयाँभन्दा बढी रकम बाहिरिने गरेको छ । तर यो रकम करको दायरा बाहिर छ । यसलाई तत्काल करको दायरमा ल्याउन सरकारलाई विज्ञहरुले सुझाएका छन् ।

भिडियो सामाग्री 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?