Breaking News

विन्डोज ११ ले एन्ड्रोइड एप सपोर्ट नगर्ने !

Sep Sat 2021 09:40:32

1126 views

विन्डोज ११ ले एन्ड्रोइड एप सपोर्ट नगर्ने !

विन्डोज १० प्रयोग गरिरहेका प्रयोगकर्ताहरुका लागि विन्डोज ११ को निशुल्क अपग्रेड प्राप्त हुँदैछ ।

कतिपय विन्डोज प्रयोगकर्ताहरुले हाल बेटा भर्सनमा विन्डोज ११ प्रयोग गरिरहेकोमा अक्टोबरमा आउने विन्डोज ११ को पूर्ण संस्करण बग तथा अन्य समस्यामुक्त हुनेछ । तर विन्डोज ११ को पूर्ण संस्करणमा केवल बग मात्र नहुने होइन, बेटा भर्सनमा रहेका कतिपय महत्वपूर्ण फिचरहरु पनि उपलब्ध हुने छैनन् । विन्डोज ११ मा उपलब्ध नहुने एउटा महत्वपूर्ण फिचर चाहीँ एन्ड्रोइड एपहरु सपोर्ट नगर्नु हो ।माइक्रोसफ्टका अनुसार विन्डोज ११ मा अक्टोबर भन्दा केही महिना पछाडि मात्र एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् । यसको अर्थ सुरुवातका केही महिनासम्म प्रयोगकर्ताहरुले आफ्नो कम्प्युटरमा टिकटक र इन्स्टाग्राम एप चलाउन पाउने छैनन् ।

माइक्रोसफ्ट कम्पनीको विन्डोज मार्केटिङ विभागका महाप्रबन्धक आरोन उडम्यानका अनुसार सुरुवातमा विन्डोजका विशेष प्रयोगकर्ताहरु अर्थात् विन्डोज इनसाइडरहरुका लागि मात्रै विन्डोज ११ मा अमेजन एपस्टोर मार्फत् एन्ड्रोइड एपहरु उपलब्ध हुनेछन् जुन केही समयपछाडि अन्य आम प्रयोगकर्तालाई उपलब्ध गराइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?