Breaking News

ट्वीटर सुपर फलोज फिचर, हरेक फलोअरबाट १० डलर कमाउन सकिने

Sep Sat 2021 12:48:03

338 views

ट्वीटर सुपर फलोज फिचर, हरेक फलोअरबाट १० डलर कमाउन सकिने
ट्वीटरले केही महिनादेखि सुपर फलोज (Super Fallows) फिचरको परीक्षण गरिरहेको थियो । अब चाहि ट्वीटरले यसलाई औपचारिक रुपमा सार्वजनिक गरेको छ ।

ट्वीटरको सुपर फलोज फिचरको माध्यमबाट ट्वीटरका सर्जक प्रयोगकर्ताले रकम आर्जन गर्न सक्नेछन् । सुपर फलोज ट्वीटरको मोनिटाइजेशनको हिस्सा नै हो ।

सुपर फलोजलाई सबैभन्दा पहिले आइओएस प्रयोगकर्तालाई उपलब्ध गराइनेछ । त्यसपछि एन्ड्रोइड प्रयोगकर्ताले यो फिचर प्राप्त गर्नेछन् ।

ट्वीटरले यो वर्षको सुरुवातमै सार्वजनिक गरेको एक रिपोर्ट अनुसार सन् २०२० मा कम्पनीले ३ अर्ब ७० करोड डलर आम्दानी गरेको थियो । सन् २०२३ सम्ममा यो साढे ७ अर्ब डलर हुने अनुमान गरिएको छ ।

वास्तवमा सुपर फलोज कम्पनीको आम्दानीको एक हिस्सा हो ।

सुपर फलोजको माध्यमबाट ट्वीटर प्रयोगकर्ताले आफ्ना फलोअर्सबाट हरेक महिना २.९९ डलर, ४.९९ डलर देखि ९.९९ डलर सम्म शुल्क लिन सक्दछन् । यसको बदलामा फलोअर्सले विशेष सामाग्री, न्यूजलेटर, behind the scene आदि सामाग्रीहरु प्राप्त गर्नेछन् । यो फिचर प्राप्त गर्नका लागि ट्वीटर प्रयोगकर्तासँग कम्तिमा १० हजार फलोअर्स हुनु आवश्यक छ ।

ट्वीटरका अनुसार सुपर फलोज सब्सक्रिप्सन मोडलको उद्धेश्य ट्वीटर प्रयोगकर्तालाई आम्दानीको मौका दिनु हो । यदि कुनैपनि सेलिब्रेटी वा प्रकाशनसँग लाखौँ करोडौँ फलोअर्स छन् भने उनीहरु आफ्ना फलोअर्सबाट विशेष र एक्सक्लूसिभ सामाग्रीका लागि हरेक महिना केही शुल्क लिन सक्दछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?