Breaking News

नबिल बैंकले ल्यायो नबिल क्यास मसिन , लाइनमा बसेर पैसा डिपोजिट गर्नु नपर्ने,

Sep Tue 2021 08:36:02

1823 views

नबिल बैंकले ल्यायो नबिल क्यास मसिन , लाइनमा बसेर पैसा डिपोजिट गर्नु नपर्ने,

नबिल बैंकले लाइनमा बसेर पैसा डिपोजिट गर्नुपर्ने झन्झटलाई हटाउन नयाँ प्रविधिको प्रयोग गर्ने भएको छ। जसरी पहिले एटीएम नहुँदा हामी पैसा झिक्न बैंकमा घण्टौं लाइनमा बस्थ्यौं ठिक त्यसरी नै अहिले पैसा डिपोजिट गर्न लाइन बस्नुपर्छ।


नबिल बैंकले नबिल क्यास मेशिन जारी गरेको छ । आधुनिक बैंकिङ युगको सुरुवात गर्ने तर्पm केन्द्रित हु“दै यस नबिलको क्यास मेशिनले ग्राहकहरुलाई एटिएम मार्पmत रकम झिक्ने मात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ । यस प्रविधी नबिल बैंकले सुरुवातमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक शाखाबाट सुरु गरेको छ ।

अब ग्राहकहरुले मेशिनमा एक हजार, ५ सय, १ सयको नेपाली रुपैया“ जम्मा गर्न सक्ने छन् भने एक पटकमा ९९ हजार ९०० जम्मा गर्न सक्ने छन् । साथै यस मार्पmत नबिलको कुनै पनि बचत र चाल्ती खातामा जम्मा गर्न सक्ने छन् । साथै यस् मार्पmत ग्राहकहरुले आफ्नो क्रेडिट कार्ड भुक्तानी पनि गर्न सक्ने छन् ।


बैंकले देशभर १३५ वटा शाखा कार्यलयहरु, १८४ एटिएम र १५०० भन्दा धेरै नबिल रेमिट एजेन्टहरु मार्फत सेवा दिदै आएको छ । नबिल बैंकले फेसबुक पेजमा यस विषयमा जानकारी दिएको छ। बैंकले एउटा भिडिओ सार्वजनिक गरेको छ जहाँ हामीले हाम्रो एटीएम नबिल क्यास मसिनमा प्रयोग गर्नसक्छौं।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?