Breaking News

सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

Sep Thu 2021 04:26:00

923 views

सामाजिक सञ्जालबाट हुने ठगीबाट बच्न साइबर ब्यूरोको अनुरोध

प्रविधिको दुरुपयोगबाट हुने ठगीबाट बच्नका लागि सामाजिक सञ्जालमा आउने भ्रामक कुरामा विश्वास नगरी सतर्कता अपनाउन प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीले अनुरोध गरेको छ । 

विगत केही समयदेखि केही व्यक्ति तथा आपराधिक समूहले प्रविधिको दुरुपयोग गरी सामाजिक सञ्जाल मार्फत् चिठ्ठा परेको भन्दै चिठ्ठा बापतको रकम पाउनका लागि कर चुक्ता गर्न यति रकम चाहिने भएकोले बैङ्क तथा अनलाईन मार्फत् पैसा जम्मा गर्न लगाई ठगी गर्ने प्रवृति बढीरहेको पाइएपछि यस्ता भ्रामक कुरामा विश्वास नगरी ठगी हुनबाट बच्न उक्त व्यूरोले अनुरोध गरेको हो । सामाजिक सञ्जाल भाईबर, वाट्स्‌एप, इमो लगायतका विभिन्न सामाजिक एपहरू मार्फत् भिडियो, अडियो तथा टेक्स्ट मेसेज गरी प्रलोभनमा पार्दै ठगी हुने गरेको पाइएको उक्त ब्यूरोले जनाएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?