Breaking News

फेसबुकले ल्यायो चमत्कारीक स्मार्ट चश्मा, यस्ता छन् विशेषता

Sep Thu 2021 11:11:44

873 views

फेसबुकले ल्यायो चमत्कारीक स्मार्ट चश्मा, यस्ता छन् विशेषता

स्मार्ट चश्मा फेसबुकको बहुप्रतिक्षित सार्वजनिक भएको छ ।

लक्जरी चश्मा ब्राण्ड रे–बन उत्पादक कम्पनी एसिलर लक्जोटिकासँगको सहकार्यमा फेसबुकले स्मार्ट चश्मा तयार गरेको हो । फेसबुकको स्मार्ट चश्माको नाम ‘रे बन स्टोरिज’ राखिएको छ । स्मार्ट चश्माको मूल्य ३ सय अमेरिकी डलर तोकिएको छ ।

फेसबुकको स्मार्ट चश्मा प्रविधिगत रुपले मोबाइल क्यामरा र ब्लुटुथ एयरफोनको समिश्रणको रुपमा रहेको छ । यो चश्मामा दुईवटा क्यामरा छन् ।

यस चश्माबाट प्रयोगकर्ताले फोटोहरु खिच्न सक्नेछन् भने ३० सेकेण्डसम्मको भिडियो पनि खिच्न सक्नेछन् । साथै यसमा म्युजिक, पडकास्ट सुन्न, अडियो नोटिफिकेसनका साथै फोन कल प्राप्त गर्न पनि सकिन्छ ।

स्मार्ट चश्माको क्यामरा चालु गर्नका लागि प्रयोगकर्ताले चश्माको दायाँ खुट्टामा रहेको बटन थिच्नुपर्नेछ वा फेसबुक एसिस्टेन्टलाई फोटो खिच्न वा भिडियो रेकर्ड गर्नका लागि आदेश दिए पुग्नेछ ।

फोटो वा भिडियो खिच्ने बेलामा माथिल्लो भागको दायाँ छेउँमा दुईवटा एलइडी लाइट बल्नेछन्, त्यसमध्ये एउटा प्रयोगकर्तातर्फ फर्किएको छ भने अर्को फोटो खिचिने वस्तुतर्फ फर्किएको हुन्छ ।

फेसबुकको यो चश्माले प्रयोगकर्ताले देखका कुराहरु चाहे अनुसार सिधै फेसबुक वा इन्स्टाग्राममा पोष्ट गर्छ कि भन्ने लाग्न सक्दछ । तर यसले त्यसो गर्न सक्दैन ।

यसले फोटो तथा भिडियो खिच्ने काम गर्न सक्दछ र त्यसरी खिचिएका फोटो तथा भिडियोलाई एक विशेष एपको माध्यमबाट फोनमा पठाउन सकिन्छ । ब्लुटुथबाट स्मार्टफोनलाई चश्मासँग आबद्ध गराउने उक्त एपको नाम क्यू हो ।

फेसबुकको चश्माका विशेषता यस्ता छन् :

चश्माका दुबै डण्डीमा माथि क्यामरा राखिएको हुन्छ, जुन ५ मेगापिक्सेलका हुन्छन् । त्यसैले यसबाट लिइने फोटो तथा भिडियोको गुणस्तर उत्कृष्ट नै हुन्छ । चश्मामा रहेको क्यामराले कम प्रकाशमा पनि राम्रो तस्वीर तथा भिडियो खिच्दछ र भिडियो खिच्ने बेलामा कम मात्र हल्लिन्छ ।

चश्माको डण्डीमा स्पीकर हुन्छ जुन शरीरको स्पर्शबाट सक्रिय हुन्छ र प्रयोग गर्न सजिलो हुन्छ । यो चश्मा सामान्य चश्माभन्दा केही गह्रौँ छ र पूर्ण चार्ज हुनका लागि ६ घण्टा लाग्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?