Breaking News

माइक्रोसफ्टको अफिस २०२१ का फिचर्स यस्ता छन्

Oct Thu 2021 03:18:30

895 views

माइक्रोसफ्टको अफिस २०२१ का फिचर्स यस्ता छन्

माइक्रोसफ्टले विन्डोज ११ सँगै ल्याउने अफिस २०२१ संस्करणको फिचर्स तथा मूल्यका बारेमा जानकारी सार्वजनिक गरेको छ ।

सार्वजनिक जानकारी अनुसार अफिस २०२१ व्यवसायिक प्रयोगकर्ता तथा माइक्रोसफ्ट ३६५ को सब्सक्रिप्सन गरिरहन नचाहने प्रयोगकर्ताहरुका लागि लक्षित छ ।
विन्डोज २१ भित्रका अधिकांश एपहरुको लुक्स परिवर्तन गरिएको छ भने स्टक इमेजहरुको संख्या धेरै हुनुका साथै कमान्डका लागि सर्च बक्स उपलब्ध रहेको र OepnDocument format (ODF) 1.3 पनि सपोर्ट गर्नेछ ।

त्यस्तै अफिस २०२१ मा रियल टाइम को अथरिङ फिचर पनि रहेको छ । जस अनुसार वन ड्राइभमा सुरक्षित कुनै डकुमेन्ट एकै समयमा एकभन्दा बढी व्यक्तिले खोलेर एकसाथ लेख्न सकिनेछ ।

माइक्रोसफ्ट अफिस २०२१ अन्तरगत The Office Home and Student 2021 संस्करणमा Word, Excel, Powerpoint, OneNote tyf Microsoft Teams रहनेछन् । यसको मूल्य १४९.९९ डलर तोकिएको छ ।

त्यस्तै Office Home and Business २०२१ संस्करणको मूल्य २४९.९९ डलर रहेको छ । यसमा Office Home and Student संस्करणका सबै एपहरुका अलावा इगतयियपका साथै सबै एपलाई व्यवसायिक उद्धेश्यमा प्रयोग गर्ने अधिकार पनि हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?