Breaking News

तपाइँको फेसबुक प्रोफाइल कसले हेर्दैछ ? यसरी थाहा पाउनुहोस्

Oct Wed 2021 11:15:19

648 views

तपाइँको फेसबुक प्रोफाइल कसले हेर्दैछ ? यसरी थाहा पाउनुहोस्

 यदि तपाइँलाई आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने जान्ने इच्छा छ भने त्यसको निकै सजिलो उपाय छ ।

आइफोन प्रयोगकर्ताले सहज रुपमा फेसबुक एपको प्राइभेसी सेटिंग्समा गएर आफ्नो प्रोफाइल हेर्ने मानिसहरुको बारमा जानकारी लिन सक्दछन् ।

कम्प्युटरबाट वेब भर्सनमा फेसबुक चलाउँदा चाहीँ निम्नानुसारको विधि अपनाउनुपर्दछः

  • आफ्नो ल्यापटप वा डेस्कटपमा कम्प्युटरमा फेसबुक लगइन गर्नुहोस्
  • टाइमलाइनमा कुनैपनि ठाउँमा राइट क्लिक गरेर View page source मा क्लिक गर्नुहोस् CTRL+U थिच्नुहोस्
  • त्यसपछि ctrl+f थिचेर सर्च बारमा BUDDY_ID सर्च गर्नुहोस्
  • BUDDY_ID सँगै तपाइँले १५ अंकको कोड प्राप्त गर्नुहुन्छ
  • उक्त कोडलाई कपी गरेर ब्राउजरमा facebook.com/profile ID-१५ अंकको कोड) टाइप गरेर सर्च गर्नुहोस्
  • त्यसो गर्दा सिधै त्यहीँ व्यक्तिको फेसबुक प्रोफाइल खुल्दछ, जसले तपाइँको प्रोफाइल भिजिट गरेको हुन्छ ।

तपाइँको फेसबुक प्रोफाइल कस कसले चेक गरिरहेको छ यो पत्ता लगाउने अर्को तरिका पनि छ । यसका लागि तपाइँ क्रोम एक्सटेन्सनको सहयोग लिन सक्नुहुन्छ । वास्तवमा गुगल क्रोममा गएर तपाइँले Super Viewer for Facebook जस्ता एक्सटेन्सन डाउनलोड गर्नुपर्दछ ।

यसको सहयोगमा तपाइँले आफ्नो फेसबुक प्रोफाइल कस कसले हेरिरहेको छ भन्ने थाहा पाउनुहुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?