Breaking News

किन बन्द गर्दैछ माइक्रोसफ्टले सोसल मिडिया प्लाटफर्म लिंक्डइन ?

Oct Wed 2021 11:20:09

386 views

किन बन्द गर्दैछ माइक्रोसफ्टले सोसल मिडिया प्लाटफर्म लिंक्डइन ?

काठमाडौं । माइक्रोसफ्टले चीनमा सोसल मिडिया प्लाटफर्म लिंक्डइन बन्द गर्ने भएको छ । सञ्चालनको वातावरण चुनौतिपूर्ण बन्दै गएको भन्दै लिंक्डइन बन्द गर्ने निर्णय गरिएको माइक्रोसफ्टले जनाएको छ ।

वालस्ट्रिट जर्नलका अनुसार आफ्नो प्लाटफर्ममा सामाग्रीहरुको निगरानी गर्नका लागि चिनिया इन्टरनेट नियामक निकायले लिंक्डइनलाई समयसीमा दिएको थियो ।

प्रयोगकर्ताका डाटाको आक्रामक रुपमा संकलन तथा व्यापारिक उपयोग गर्ने तथा एकाधिकारवादी शैली अबलम्बन गर्ने गरेको भन्दै चीन सरकारले देशमा सञ्चालित प्रविधि कम्पनीहरुमाथि कडा नियन्त्रणको नीति अख्तियार गर्ने गरेको छ । मूलभूत सामाजिक मूल्यमान्यताहरुलाई सक्रिय रुपमा प्रवर्धन गर्न भन्दै चीन सरकारले प्रविधि कम्पनीहरुमाथि नियन्त्रणमा वृद्धि गरिरहेको छ ।

श्रोफका अनुसार अब माइक्रोसफ्टले लिंक्डइनको चिनिया संस्करण बन्द गरेर क्ष्लव्यदक एप्लिकेसन सुरु सुरु गर्नेछ जसले देशका जागिरको खोजीमा रहने व्यवसायिक व्यक्तिहरुलाई कम्पनीहरुसँग जोड्नेछ ।

चीनमा सन् २०१४ मा लिंक्डइन सुरु भएको थियो । माइक्रोसफ्टले सन् २०१६ मा २६ अर्ब डलरमा लिंक्डइन खरीद गरेको थियो ।

चीन सरकारको कडा नीति तथा सेन्सरसीप सँगै चीनले गत मार्च महिनादेखि चीनमा नयाँ प्रयोगकर्ताको खाता खोल्ने कार्य रोकेको थियो । त्यसको दुई महिनापछि नै चीन सरकारको इन्टरनेट नियामक निकायले अवैध रुपमा प्रयोगकर्ताका डाटाहरु संकलन तथा प्रयोग गर्ने १ सय ५ वटा एपको सूचि सार्वजनिक गरेको थियो, जसमा लिंक्डइन पनि परेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?