Breaking News

कम्प्युटरमा विन्डोज ११ यसरी नि:शुल्क डाउनलोड गर्नुहोस्

Oct Wed 2021 11:24:27

513 views

कम्प्युटरमा विन्डोज ११ यसरी  नि:शुल्क डाउनलोड गर्नुहोस्

काठमाडौं । माइक्रोसफ्ट विन्डोज ११ अपरेटिङ सिस्टम प्रयोगकर्ताका लागि उपलब्ध भएको छ । विन्डोज ११ सपोर्ट गर्ने कम्प्युटरहरुमा अब यसलाई निःशुल्क रुपमा डाउनलोड गरी अपग्रेड गर्न सकिनेछ ।

विन्डोज ११ मा माइक्रोसफ्टले विभिन्न नयाँ फिचरहरु समेत थप गरी समृद्ध बनाएको छ । Start Menu को डिजाइनमा परिवर्तन गरेर Start बटनलाई स्क्रिनको बीच भागमा ल्याइएको छ । 

कसरी प्राप्त गर्ने विन्डोज ११ ?

पहिलो कुरा तपाईंको कम्प्युटरमा विन्डोज ११ अहिले नै उपलब्ध नहुन पनि सक्दछ । हाललाई माइक्रोसफ्टले विन्डोज १० इन्स्टल भएका नयाँ भर्सनका कम्प्युटरहरुमा विन्डोज ११ उपलब्ध गराउँदैछ । अन्य कम्प्युटरहरुले कहिले विन्डोज अपडेट पाउनेछन् भन्ने कुराको निर्धारण गर्न यसले डाटाको विश्लेषण गर्नेछ । सन् २०२२ को मध्य सम्ममा सबै विन्डोज १० भएका योग्य डिभाइसमा विन्डोज ११ को अपडेट प्राप्त हुने बताएको छ ।

त्यसैले सबैभन्दा पहिले PC Health Check app को प्रयोग गरी आफ्नो कम्प्युटरले विन्डोज ११ को अपग्रेड प्राप्त गर्न योग्य छ कि छैन भन्ने थाहा पाउनुहोस् ।

अपग्रेडका लागि सम्भव भएतापनि तपाईंको कम्प्युटरले विन्डोज ११ सपोर्ट नगर्ने भएमा यसले तपाईंलाई विन्डोज ११ इन्स्टल गर्न सुझाव दिएको हुँदैन ।

तर यदि तपाईंले PC Health Check app बाट आफ्नो कम्प्युटर विन्डोज ११ अपग्रेड गर्नका लागि योग्य भएको पाउनुभयो भने निम्न चरण पूरा गर्नुहोस्ः

  • माइक्रोसफ्ट विन्डोज ११ वेबसाइटमा जानुहोस्
  • Download Now मा क्लिक गरी Windows 11 Installation Assistant प्राप्त गर्नुहोस्
  • डाउनलोड भएको फाइल खोल्नुहोस्
  • लाइसेन्स एग्रिमेन्ट शर्तहरुको खण्डमा Accept and install मा क्लिक गर्नुहोस्
  • अब तपाईंको कम्प्युटरमा फाइल डाउनलोड हुन सुरु हुन्छ ।

विन्डोज ११ इन्स्टलेसन एसिस्टेन्ट टुलले कम्प्युटरमा विन्डोज ११ इन्स्टल गरिदिन्छ र यसका लागि एक घण्टा वा सो भन्दा लामो समय लाग्न सक्दछ । कम्प्युटर तथा इन्टरनेट कनेक्सन कति फास्ट छ भन्ने कुरामा विन्डोज ११ इन्स्टल हुन लाग्ने समय भर पर्दछ ।

तपाईंले पृष्ठभूमिमा विन्डोज ११ इन्स्टल भैरहँदा आफ्नो कम्प्युटरमा काम गरिरहन पनि सक्नुहुन्छ । पूर्ण इन्स्टल भएको ३० मिनेटपछि कम्प्युटर रिस्टार्ट हुन्छ ।

जब यो पूरा हुन्छ तब विन्डोज ११ होमस्क्रिन तपाईंको कम्प्युटरमा देखिनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?