Breaking News

जापानले उड्ने मोटरसाइकल बनायो, मूल्य ८ करोड

Oct Thu 2021 12:12:30

976 views

जापानले उड्ने मोटरसाइकल बनायो, मूल्य ८ करोड

 उड्ने मोटरसाइकल जापानमा सार्वजनिक गरेको छ । जापानको राजधानी टोकियोस्थित फुजी हिमालको फेदमा अवस्थित एक खाली रेसट्र्याकमा होभरबाइक नामक उड्ने मोटरसाइकल सार्वजनिक गरिएको हो । एएलआई कम्पनीले उत्पादन गरेको उड्ने मोटरसाइकल एकपट चार्ज गरेपछि ४० मिनेटसम्म प्रतिघण्टा एक सय किलोमिटर आकाशमा उड्न सक्छ । होभरबाइकको मूल्य ६ लाख ८२ हजार अर्थात् झण्डै आठ करोड २० तय गरिएको निकेइ एसियाले जनाएको छ। कम्पनीका अनुसार तीन सय किलो तौल रहेको उड्न् मोटरसाइकलमा एकजना चढ्न मिल्छ । उक्त बाइकमा एउटा परम्परागत इन्जिन र ब्याट्रीजडित चार मोटर छन् ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?