Breaking News

हुवाई कनेक्ट नेपाल २०२१ ले डिजिटल कनेक्टिभिटीलाई बढवा

Nov Sat 2021 01:17:59

453 views

हुवाई कनेक्ट नेपाल २०२१ ले डिजिटल कनेक्टिभिटीलाई बढवा

ह्वावे नेपालले नोभेम्बर १६, २०२१ मा आफ्नो वार्षिक औद्योगिक कार्यक्रम “ह्वावे कनेक्ट २०२१”आयोजना सम्पन्न गरेको छ । 

डाइभ इन्टु डिजिटल“ मा लक्षित डिजिटल प्रविधि र कनेक्टिभिटी अबको आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने हुवाई नेपालले जनाएको छ । नेपालको सूचना प्रविधिलाई सहयोग पुर्याउने हुवाई कनेक्ट नेपाल कार्यक्रम डिजटिल अभियान पनि रहेको ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले बताएका छन् । 

“ह्वावे कनेक्ट २०२१”आयोजना कार्यक्रममा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव अनिल कुमार दत्त, दूरसञ्चार तथा आईएसपी क्षेत्रका आईसिटी उद्योगका सरोकारवालाहरू, त्रिवी र केयूका प्राध्यापक र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो ।  ह्वावेले मोबाइल र फिक्स्ड ब्रोडब्यान्ड, डाटा सेन्टर, डिजिटल सोलार एनर्जी, क्लाउड सेवा र फाइभजी  जस्ता प्रविधिहरूको व्यावहारिक एप्लिकेशनहरूको बारेमा कार्यक्रममा व्यापक छलफल समेत गरेको थियो ।

ह्वावेका अन्तर्राष्ट्रिय वक्ताहरु र नेपालमा रहेका ह्वावेका व्यापारिक साझेदारहरुले कार्यक्रममा आ–आफ्ना प्रस्तुति दिएका थिए । 

कार्यक्रमका लागि स्वागत मन्तव्य ह्वावे एशिया प्यासिफिकका उपाध्यक्ष तथा ह्वावे नेपाल बोर्डका अध्यक्ष चाङ चङचुनले राखेको थिए । चुनले महामारीको अवधिमा विश्वभरका सबै व्यक्तिका लागि डिजिटल प्रविधि र कनेक्टिभिटी आवश्यक भएको र उन्नत कनेक्टिभिटी र कम्प्युटिङले आर्थिक पुनरुत्थान र वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने कुरामा प्रकाश पार्नुभयो । उहाँले डिजिटल प्रतिभा विकास गर्ने नेपालको क्षमतामा ठूलो विश्वास व्यक्त गर्दै यस क्षेत्रको डाटा सेन्टर हबको रूपमा नेपाल अघि बढ्ने आशा पनि व्यक्त गर्नुभयो । 

कार्यक्रममा ह्वावेले त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ्सँगको सहकार्यको औपचारिक सुरुवात गरेको थियो । आफ्नो डिजिटल ट्यालेन्ट डेभलपमेन्ट इकोसिस्टम पहल अन्तर्गत, ह्वावेले आगामी ५ वर्षमा १०,००० डिजिटल प्रतिभाहरू विकास गर्ने आशा राखेको छ ।

आईओईसँग सहकार्य गर्दै ह्वावेले ह्वावे नेपाल आईसिटी एकेडेमी, एक अत्याधुनिक आईसिटी  ल्याब निर्माण गर्नेछ जहाँ विद्यार्थीहरूको पहुँच नवीनतम प्रविधि र ह्वावेका सर्टिफिकेशन कार्यक्रमहरूसम्म हुनेछ र ह्वावे विशेषज्ञहरूद्वारा प्रदान गरिएका कक्षाहरूमा पनि उपस्थित हुन पाउनेछन् ।

आईओइका एक्टिङ डीन प्रा। डा। चिन्तामणि पोखरेल र ह्वावे नेपालका प्रमुख कार्यकारी अधिकृत विलियम चाङले समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । 

कार्यक्रमको दौरान ह्वावे डार्विन हलको भर्चुअल भ्रमण देखाइएको थियो – यसका फाइभजीे प्रदर्शनी हल जुन ह्वावे मुख्यालय शेन्जेनमा अवस्थित छ जहाँ डोरियन लसन, ह्वावेका वरिष्ठ विशेषज्ञल एआर पर्यटन देखि ग्रामीण टेलिमेडिसिन र ग्रामीण शिक्षालाई सक्षम पार्न फाइभजी को व्यावहारिक एप्लिकेशनको बारेमा कुरा गर्नुभयो । 

जस्टिन चेन, ह्वावे एशिया प्यासिफिक इन्टरनेट सेवाका वरिष्ठ सोलुसन म्यानेजरले आईएसपी बिजनेसको नयाँ कन्सेप्ट फाइभजी फिक्स्ड नेटवर्क र यसको भविष्यलाई हाइलाइट गर्दै ह्वावेको नयाँ एण्ड–टु–एण्ड सोलुसनमा प्रेजेन्टेसन प्रस्तुत गरेका थिए । ह्वावेको नवीनतम प्रविधि र सोलुसनको समर्थनले नेपालमा आईएसपीहरू बढ्दै गएका छन् र नेपाली आईएसपी बजारमा वृद्धिको पूर्व अनुमान गर्दै छन् । 

ह्वावे एशिया प्यासिफिक फ्युजनसोलार सोलुसनका सोलुसन निर्देशक लियो ह्वाङले ह्वावेको डिजिटल सोलार एनर्जी सोलुसनमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गर्नुभयो । विगत ३ दशकदेखि दूरसञ्चार पूर्वाधार प्रमुखको रूपमा ह्वावेले रीमोट अफ–ग्रिड स्थानहरूमा निर्मित बेस स्टेशनहरूको लागि थप पावर–इफिसियन्ट सोलुसनहरू बनाउन काम गर्नुपरेको छ । हासिल गरिएको यो विशेषज्ञताले ह्वावेलाई नवीकरणीय ऊर्जामा लगानी गर्न प्रेरित गरेको छ । "कार्बन न्युट्रालिटी" को विश्वव्यापी प्रवृति र स्वच्छ उर्जाको प्राथमिक स्रोत मध्ये एक सोलार उर्जाको भविष्य उज्ज्वल हुने कुरामा ह्वावेलाई विश्वास छ ।

ह्वावे क्लाउड एशिया प्यासिफिक इमर्जिङ मार्केट्सका प्रबन्ध निर्देशक, डेभिड लिउले ह्वावेको सार्वजनिक क्लाउड व्यवसायको लागि "एभ्रीथिङ्ग एज अ सर्भिस" मोडेलमा आफ्नो प्रेजेन्टेसन प्रस्तुत गर्नुभयो । लिउले ह्वावे क्लाउडको फुल स्ट्याक उत्पादन र सोलुसनहरू प्रस्तुत गर्नुभयो । ह्वावेको क्लाउड पार्टनर Applyjob.com र Soft9 का CEO सुशील पाण्डेले ह्वावे क्लाउडसँग काम गर्दाको आफ्नो अनुभव व्यक्त गर्नुभयो र यो प्रतिस्पर्धी भन्दा छरितो, अधिक कुशल र अधिक युजर–फ्रेन्डली भएको बताउनुभयो । ह्वावे क्लाउडले नेपालको डिजिटल रूपान्तरणलाई गति दिँदै नेपाललाई उत्कृष्ट क्लाउड सेवा प्रदान गर्न स्थानीय साझेदार र इकोसिस्टमसँग सहकार्य गर्ने योजना बनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?