Breaking News

राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बस बनाउने

Nov Sat 2021 07:29:03

663 views

राष्ट्रिय आविष्कार केन्द्रले  नेपालमै  विद्युतीय बस बनाउने

काठमाडौं : राष्ट्रिय आविष्कार केन्द्रले नेपालमै विद्युतीय बसको अनुसन्धान र विकास गर्ने भएको हो।

आविष्कार केन्द्रका संस्थापक तथा अध्यक्ष महाबिर पुन ले सुपर क्यापासिटर विद्यु तीय बसको अनुसन्धान र विकासका लागि इच्छुक तथा आइडिया भएकाहरुलाई आह्वान गरेका हुन् ।

पुनका अनुसार सुमन कोइराला नेतृत्वको टिमले यसका लागि काम गर्नेछ । विकसित मुलुकहरुमा सहरी क्षेत्रमा चल्ने छोटो दुरीका बसहरुमा सुपर क्यापासिटर प्रयोग हुने गरेको छ ।

यस्ता बसहरु एक पटक चार्ज गर्दा २० किलो मिटरस म्म चल्न सक्छन् ।जसलाई चार्ज गर्न केवल १० सेकेन्ड मात्र लाग्छ ।तर अन्य ब्याट्रीबाट चल्ने बसहरु चार्ज गर्न ८ देखि १० घण्टा लाग्ने गरेको छ सुपर क्यापासिटर लाखौं पटक चार्ज र डिशचार्ज गर्न स’किन्छ। तर साधारण ब्याट्री भने करिब एक हजार पटक सम्म मात्र चार्ज तथा डिस्चार्ज गर्न सकिन्छ।

१० देखि १५ वर्षसम्म सहजै प्रयोग गर्न सकिने यस्ता बसहरुको सुपर क्यापासिटरकोब्याट्री समेत तुलनात्मक रुपमा सस्तो हुने गर्द’छ ।

अनुसन्धान र विकास सफल भएको खण्डमा नेपालमै यस्ता सुपर क्यापासिटरबाट चल्ने गाडी बनाइने महाबिर पुनले बताएका छन् । – खवर हाउस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?