Breaking News

ट्वीटरको सीईओ पराग अग्रवाल

Dec Fri 2021 10:39:29

385 views

ट्वीटरको सीईओ  पराग अग्रवाल

ट्वीटर इंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भारतीय मूलका पराग अग्रवाल नियुक्त भएका छन् । ज्याक डोर्सीको बहिर्गमनपछि अग्रवाल सीईओ बनेका हुन् । ट्वीटरका प्रमुख प्रविधि अधिकारी  रहेका अग्रवाल सीईओमा बढुवा भएका हुन् । सीईओ परिवर्तनको घोषणाससँगै ट्वीटरको सेयर मूल्यमा सोमबार १.५ प्रतिशतले गिरावट आएको थियो ।

४५ बर्षका ज्याक डोर्सी सन् २०२२ सम्म ट्वीटरको बोर्ड सदस्यका रूपमा भने रहिरहनेछन् । उनले राजीनामा दिनुपर्नाको कारणबारे थप केही बताएका छैनन् ।

अग्रवालले सन् २०१७ देखि ट्वीटरमा प्रमुख प्रविधि अधिकारीका रूपमा काम गर्दै आएका थिए । तर ,उनी ट्वीटरसँग झन्डै एक दशकदेखि आबद्ध रहँदै आएका छन् । उनले सन् २०११ मा वरिष्ठ इन्जिनियरका रूपमा ट्वीटरमा काम सुरु गरेका थिए ।

एजेन्सी । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?