Breaking News

आइसिटी अवार्ड २०२१ सम्पन्न, १२ विधाका सर्वोत्कृष्ट विजेताहरु यी हुन्

Dec Sun 2021 12:51:05

459 views

आइसिटी अवार्ड २०२१ सम्पन्न,  १२ विधाका सर्वोत्कृष्ट विजेताहरु यी हुन्

आइसिटी अवार्ड २०२१ विजेताहरु 

१. ह्वावे स्टार्टअप आइसिटी अवाड – खेती भेञ्चर

२. प्रडक्ट आइसिटी अवार्ड– मिखा

३. राइजिङ स्टार आइसिटी अवार्ड – मशुर

४. नेपाल बैंक पायोनियर आइसिटी अवार्ड– मनोहर कुमार भट्टराई

५. एनसेल वुमन आइकन आइसिटी अवार्ड– गुण केशरी प्रधान

६. आन्टरप्रेनर आइसिटी अवार्ड– दिपेश प्रधान, योमरी

७. नेपाली डायस्पोरा आइसिटी अवार्ड– प्रशन्न ढुंगेल, ग्रोवाइडेटा 

८. डिजिटल सर्भिसेस आइसिटी अवार्ड – नेपाल क्लियरि हाउस लिमिटेड

९ं डिजिटल सर्भिसेस आइसिटी अवार्ड (पब्लिक सेक्टर)– भूमि व्यवस्था तथा अभिलेख विभाग

१०.डिजिटल एजुकेशन आइसिटी अवार्ड (प्राइभेट सेक्टर)– रातो बंगला स्कुल

११. डिजिटल एजुकेशन आइसिटी अवार्ड (पब्लिट सेक्टर)– कालिका माध्यामिक विद्यालय

१२. पब्लिक च्वाइस आइसिटी अवार्ड– बगभी

सूचना तथा सञ्चार प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित ‘आइसिटी अवार्डको २०२१’ को ग्राण्ड फिनाले  काठमाडौंमा आयोजना भएको छ । लिभिङ विथ आइसिटीले आयोजना गरेको अवार्डमा विभिन्न १२ विधामा सर्वोत्कृष्टलाई आइसिटी अवार्ड २०२१ प्रदान गरिएको थियो । छ्रैटौं संस्करणको रुपमा आयोजना भएको आइसिटी अवार्डको विगत ५ महिनादेखि छनौट प्रकृया जारी रहेको थियो । यस वर्षको अवार्डमा विभिन्न ११ विधामा ४०० बढिको अनलाइन नोमिनेशन प्राप्त भएको थियो । 

एफवान सफ्ट आइसिटी अवार्ड अन्तर्गत पायोनियर आइसिटी अवार्ड २०२१ बाट आइसिटी विज्ञ मनोहर कुमार भट्टराईलाई सम्मान गरिएको छ । यसैगरी एनसेल वुमन आइसिटी अवार्ड २०२१ नेपालको पहिलो महिला कम्प्युटर इन्जिनियर गुण केशरी प्रधानले प्राप्त गरिन । आन्टप्रेनर आइसिटी अवार्ड योमरी कम्पनीका सस्थापक दिपेश प्रधानले प्राप्त गरे । नेपाली डायस्पोरा आइसिटी अवार्ड ग्रोवाईडेटाका सहसस्थापक प्रशन्न ढुंगेललाई प्रदान गरिएको थियो । 

आइसिटी अवार्डमा शिक्षा र गर्भनेन्स क्षेत्रमा पनि अवार्ड प्रदान गरिएको छ । डिजिटल गर्भनेन्स आइसिटी अवार्ड यस वर्ष भुमि व्यवस्थापन तथा अभिलेख विभागले प्राप्त गरेको छ । विभिन्न ३० बढि सरकारी सस्थाहरुको प्रतिस्प्रधामा विभागले अवार्ड प्राप्त गरेको हो । यसैगरी डिजिटल सर्भिसेस आइसिटी अवार्ड नेपाल क्लियरिङ हाउस (एनसिएचएल) ले प्राप्त गरेको थियो । डिजिटल एजुकेशन आइसिटी अवार्ड पब्लिक र प्राइवेट सेक्टर क्रमश कालिका मानवज्ञान बुटवल र रातोवंगला स्कुल पाटनले प्राप्त गरेका छन । 

अवार्डमा महत्वपुर्ण र प्रतिस्प्रधात्मक रुपमा पब्लिक भोटिङ समेत सञ्चालन भएका विधाहरुमध्ये ह्वावे स्टार्टअप आइसिटी अवार्ड खेती भेन्चरले प्राप्त गरेको छ । यसैगरी प्रडक्ट आइसिटी अवार्ड मिखा प्रडक्टले प्राप्त गर्यो । राइजिङ स्टार इन्नोभेसन आइसिटी अवार्ड पुलचोक इन्जिनियरिङका विद्यार्थीहरुले तयार पारेको मुसुरले प्राप्त गरेको छ । यि तिन विधाका उत्कृष्ट १०र१० गरि ३० मध्येबाट पब्लिक च्वाइस आइसिटी अवार्ड बगभीले प्राप्त गरेको छ । 

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द« बहादुर कार्की, पूर्वमन्त्री पार्वत गुरुङ, सचिव डा. बैकुण्ठ अर्याल, सचिव शुरेश आचार्य, राष्ट्रिय योजना आयोगका माननिय सदस्यहरु डा. पुष्प रमण वाग्ले र डा. राम कुमार फुयालले विजेतालाई अवार्ड प्रदान गरेका थिए । अर्थमन्त्रीका बरिष्ठ आर्थिक सल्लाहकार डा. सुरेन्द«« उप्रेती र नाष्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठ लगायत विशिष्ट व्यत्तिहरुको उपस्थिती रहेको कार्यक्रममा विजेताहरुले अवार्डसँगै विभिन्न आकर्षक पुरस्कारहरु प्राप्त गरेका छन । कार्यक्रममा विभिन्न मन्त्रालय, विभाग, सरकारी सस्था, बैंक तथा कर्पोरेट, आइटी, शिक्षा क्षेत्रसँगै उद्यमी र स्टार्टअपहरुबो बाक्लो उपस्थिती रहेको थियो । ७ सयभन्दा बढिको प्रत्यक्ष उपस्थिती रहेको कार्यक्रममा र हिमालय टेलिभिजन, अनलाइन र हाम्रोपात्रोबाट अवार्डको कार्यक्रम प्रत्यक्ष प्रशारण भएको थियो । 

यस वर्षको आइसिटी अवार्डको शिलसिलामा स्टार्टअप एण्ड इन्नोभेसन फेस्ट, मेन्टरिङ सेसन, पूर्वविजेता तथा अवार्ड प्रतिस्पर्धीको स्टोरी सेयरिङ सेसन, फिल्ड भिजिट, प्रिजेन्टेशन तथा स्पिड डेटिङ सेसनहरु सञ्चालन भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?