Breaking News

फेसबुक पोष्टमा नराम्रो कमेन्ट रोक्ने तरिका यस्तो छ

Jan Sat 2022 02:43:13

685 views

फेसबुक पोष्टमा नराम्रो कमेन्ट रोक्ने तरिका  यस्तो छ

के तपाई फेसबुक प्रयोग गर्नुहुन्छ र कहिलेकाँही पोष्टमा नचाहिँदो कमेन्टआएको छ ? यदी त्यसो हो भने तपाईले त्यस्ता नचाहिदा कमेन्टलाई रोक्न सक्नुहुन्छ ।

यसका लागि शुरूमा फेसबुक एप वा वेबसाईट खोल्नुपर्छ र प्रोफाइल पेजमा जानुपर्छ । त्यसपछि कुन पोस्टको कमेन्ट बन्द गर्ने हो त्यो पोस्टमा जाने र माथिल्लो दायाँ भागमा रहेको तीन ओटा थोप्लामा थिच्नुपर्छ । 

यस पश्चात तपाईको पोस्टमा कसले कमेन्ट गर्न सक्छ भनेर छान्नुपर्ने हुन्छ । त्यहाँ पब्लिक, फ्रेण्ड्स र पिपल एण्ड पेजेज भन्ने अप्सन आउँछन् त्यसबाट आफ्नो फेसबुक साथीले मात्रै कमेन्ट गर्ने भए फ्रेण्ड्स छान्नुपर्छ ।

सबैले गर्न मिल्ने राख्ने भए पब्लिक क्लिक गर्नुपर्छ र त्यो पोस्टमा मेनसन वा ट्याग गरेको मान्छेले मात्रै कमेन्ट गर्न मिल्ने बनाउन पिपल एण्ड पेजेज भन्ने अप्सन सेलेक्ट गर्नुपर्छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?