Breaking News

टेलिकमले नमस्ते वाईफाई विस्तार गर्ने

Jan Sat 2022 03:23:31

493 views

टेलिकमले नमस्ते वाईफाई विस्तार गर्ने

 टेलिकमले 4G LTE नमस्ते वाईफाई विस्तार गर्ने भएको छ । कम्पनीले 4G LTE नमस्ते वाईफाई सेवाका विभिन्न आकर्षक प्याकेजहरु उपलब्ध गराइरहेको छ ।

कम्पनीले उपलब्ध गराईरहेका यी प्याकेजहरु आवश्यक डिभाइससहित ग्राहकवर्गलाई सहज रुपले प्राप्त होस भनी नेपाल टेलिकम र साइबरनेटिक्स प्रा.लि.बीच सम्झौता सम्पन्न भएको छ । सम्झौतामा कम्पनीका प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र साइबरनेटिक्सका सीईओ जेम्स न्याछयोले हस्ताक्षर गरेका छन् ।

4G LTE नमस्ते वाईफाईमार्फत नेपाल टेलिकमले हाल Individual Package र Government Institution Package गरी दुई प्रकारका प्याकेजहरु उपलब्ध गराइरहेको छ । Individual Package अन्तर्गत होम ब्रोडव्यान्ड वेसिक रु. ८०० मा ६० GB ३० दिनका लागि उपलब्ध छ । त्यसैगरी १ वर्षका लागि रु. ९००० मा ७२० GB प्याक उपलब्ध छ । यसलाई प्रतिहिना ६०GB को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुवैमा एड अन प्याकको रुपमा रु. ४०० मा १५ दिनका लागि ६० GB प्याक लिन सकिन्छ।

होम ब्रोडब्यान्ड प्रिमियम अन्तर्गत रु. १,२०० मा १२० GB प्याक ३० दिनको लागि उपलब्ध हुन्छ । त्यसैगरी १ वर्षका लागि रु. १३,५०० मा १,४४० GB प्याक उपलब्ध हुन्छ । यसलाई प्रतिमहिना १२० GB को दरले १२ महिनासम्म प्रयोग गर्न सकिन्छ । यी दुबैमा एड अन प्याकको रुपमा रु. ६०० मा १५ दिनका लागि १२० GB प्याक लिन सकिन्छ। Government Institution Package मा रु. ३,६५० र रु. २१०० मा ३० दिनका लागि विभिन्न प्रकारका प्याकेजहर उपलब्ध छन् । यी प्याकेजबाट अनलिमिटेड डाटा चलाउन सकिन्छ । वार्षिक र अर्धवार्षिक रुपमा एकमुष्ट प्याकेज लिने ग्राहकका लागि निश्चित छुटको समेत व्यवस्था गरिएको छ।

4G LTE नमस्ते वाईफाई सेवाको प्याकेज र यसको दर सम्बन्धमा विस्तृत जानकारी https://www.ntc.net.np/post/4gwireless-home-broadband मा उपलब्ध छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?