Breaking News

भारतले जारी गर्न लागेको डिजिटल मुद्राले कसरी फाइदा पुग्छ ?

Feb Wed 2022 05:02:03

441 views

भारतले जारी गर्न लागेको डिजिटल मुद्राले कसरी फाइदा पुग्छ ?

भारतीय अर्थमन्त्री निर्मला सीतारमणले बजेट मार्फत ठूला घोषणा गरेकी छन् । उनले केन्द्रीय बैंक(आरबीआई)लाई आर्थिक वर्ष २०२२–२०२३ मा डिजिटल मुद्राको कारोबार सुरु गर्ने आफ्नो बजेट बक्तव्य मार्फत निर्देशन जारी गरिन ।

यसका लागि आरबीआईबाट काम भइरहेको छ । यो डिजिटल अर्थतन्त्रको क्षेत्रमा क्रान्तिकारी कदम साबित हुने सरकारको विश्वास छ । तर यो डिजिटल मुद्रा के हो ? यसलाई कसरी प्रयोग गरिनेछ ? यसबारे आम नागरिकको मनमा अनेकौं प्रश्न छन् ।

डिजिटल मुद्राको पूरा नाम केन्द्रीय बैंक डिजिटल मुद्रा हो ।  यो भारतीय रिजर्व बैंकद्वारा जारी गरिन्छ । यसले सरकारको मान्यता प्राप्त गर्दछ । यो केन्द्रीय बैंकको वासलातमा पनि समावेश छ । 

यसको विशेषता भनेको यसलाई देशको सार्वभौम मुद्रामा रूपान्तरण गर्न सकिन्छ । भारतको सन्दर्भमा यसलाई डिजिटल मुद्रा भन्न सकिन्छ । डिजिटल मुद्रा दुई प्रकारका हुन्छन । खुद्रा  डिजिटल मुद्रालाई आम मानिस र कम्पनीहरुले प्रयोग गर्ने गर्दछ भने थोक मुद्रा वित्तीय संस्थाहरूले प्रयोग गर्ने गर्छन । 

यो कम खर्चिलो छ । लेनदेन पनि छिटो हुन सक्छ । डिजिटल मुद्राको तुलनामा नोट छाप्ने लागत र कारोवारको लागत बढी भएकाले सरकारले डिजिटल मुद्रा सार्वजनिक गर्ने तयारी गरेको हो । डिजिटल रुपैयाको ट्र्याकिङ सम्भव हुन्छ । जुन नगदमा सम्भव छैन । डिजिटल रुपैयाँ कति र कहिले जारी गर्ने त्यो रिजर्भ बैंकको हातमा हुनेछ । बजारमा पैसा कति छ भन्नेर मापन गर्न सहज हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?