Breaking News

एनटीसीबाट अरु नेटवर्कमा फोन गर्दा कम शुल्क लाग्ने

Feb Wed 2022 05:07:03

541 views

एनटीसीबाट अरु नेटवर्कमा फोन गर्दा कम शुल्क लाग्ने

नेपाल टेलिकमले अन्य नेटवर्कमा फोन तथा म्यासेस गर्दा लाग्ने शुल्कलाई समायोजन गरेको छ । टेलिकमले नेपाल दुरसञ्चार प्राधिकरणले लागू गरेको “अन्तरआबद्धता शुल्क” लाई घटाएको हो ।

अन्तरआबद्धता शुल्क समायोजना गरेसँगै नेपाल टेलिकमका ग्राहकले कम्पनीको तारवाला फोनबाट अर्को सेवा प्रदायकको मोबाइलमा कल गर्दा दर प्रति मिनेट एक रुपैयाँ १० पैसा मात्र तिर्नुपर्नेछ । यसैगरी कम्पनीको जीएसएम, सीडीएमए र सि फोन पोस्टपेडबाट अर्को सेवाप्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ८ पैसा तथा कम्पनीको जीएसएम, सीडीएमए र सि फोन प्रिपेड सेवाबाट अर्को सेवा प्रदायकको नेटवर्कमा कल गर्दा महशुलदर प्रति मिनेट एक रुपैयाँ ६२ पैसा कायम भएको छ ।

साथै, कम्पनीको जीएसएम तथा सीडीएमए सेवाको पोस्टपेड र प्रिपेडबाट अन्य सेवा प्रदायकको नेटवर्कमा सन्देश पठाउँदा लाग्ने शुल्क प्रति सन्देश एक रुपैयाँ १० पैसा कायम हुनेछ ।

अर्को सेवा प्रदायकको नेटवर्कमा रहेका ग्राहकलाई भ्वााइस कल गर्दा लागु गर्नुपर्ने महशुलदर स्वीकृतिका लागि नेपाल दूरसञ्चार प्राधिकरणमा पठाएकोमा नेपाल दूरसञ्चार प्राधिकरणको मिति २०७८ माघ १६ र १८ गतेको निर्णयानुसार स्वीकृत भई आएकोले परिमार्जित महशुल दर मिति २०७८ माघ १८ गते ९तदनुसार १ फेब्रुअरी २०२२० देखि कार्यान्वयनमा ल्याएको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?