Breaking News

चीनको अद्भूत प्रविधिको हाइपरसोनिक बिमान ६० मिनेटमै अमेरिकासम्म पुग्ने

Feb Sat 2022 01:15:04

591 views

चीनको अद्भूत प्रविधिको हाइपरसोनिक बिमान ६० मिनेटमै अमेरिकासम्म पुग्ने

एक चिनियाँ कम्पनीले यस्तो हाइपरसोनिक विमानको योजना पेश गरेको छ जो बेइजिङबाट केवल ६० मिनेटमा न्यूयोर्क पुग्न सक्छ । यो विमान १ घण्टामा ११ हजार २६५ किलोमिटरको दूरी पार गर्न सक्छ । यसलाई ‘रकेट पिथ विंग्स’ पनि भनिएको छ ।

चिनियाँ कम्पनीले अर्को वर्ष यो विमानको परीक्षण सुरु गर्न सक्छ । वैज्ञानिकहरुले २०२४ सम्म विमान तयार हुने अपेक्षा गरेका छन् । यो विमान बनाउनका लागि स्पेस ट्रान्सपोर्टेसन नामको कम्पनीले काम गरिरहेको छ ।

स्पेस डटकमको रिपोर्टअनुसार कम्पनीले एक भिडियो जारी गरेको छ जसमा विमानले आफ्ना पखेटा डिट्याच गरेको देखिएको छ । यो विमान रकेटको माध्यमले उड्नेछ । स्पेस ट्रान्सपोर्टेसन कम्पनीको दावीअनुसार हाइपरसोनिक विमानबाट चीनको राजधानी बेइजिङ र अमेरिकाको न्यूयोर्कबीचको दूरी केवल एक घण्टाको हुनेछ ।

कम्पनीले चिनियाँ मिडियासँग कुरा गर्दै पखेटासहितको रकेट बनाउन लागेको बताएको छ । यसको माध्यमबाट हाइ स्पिट ट्रान्सपोर्टेसन सम्भव हुनेछ । कम्पनीका अनुसार यो रकेटको खर्च स्याटेलाइट लैजाने रकेटको लुलनामा कम छ । साथमा यो परम्परागत उडानभन्दा धेरै तीब्र हुनेछ ।

चीनले ९ हजार ६५६ किलोमिटर प्रतिघण्टा गतिको परमाणु मिसाइल इन्जिन पनि तयार गरिरहेको छ । रिपोर्टका अनुसार यो त्यही डिजाइनमा आधारित छ जसमा पहिले नासाले पनि काम गरिरहेको थियो तर धेरै लागतका कारण नासाले योजना रद्द गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?