Breaking News

‘ब्ल्याक मनीलाई ह्वाइट’ बनाउन क्रिप्टोकरेन्सी प्रयोग गरियोः राष्ट्र बैंक

Feb Tue 2022 04:12:57

419 views

‘ब्ल्याक मनीलाई ह्वाइट’ बनाउन क्रिप्टोकरेन्सी प्रयोग गरियोः राष्ट्र बैंक

क्रिप्टोकरेन्सीको प्रयोग तथा कारोबार  विश्वव्यापी रूपमा बढ्दै गएको छ । स्वदेश तथा विदेशमा रहेका नेपालीहरू पनि यसको कारोबार वा यससँग सम्बन्धित लगानीमा संलग्न रहेको भन्ने सूचना प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकका अनुसार विदेशबाट सञ्चालित पिरामिडमा आधारित नेटवर्किङ मार्केटिङ व्यवसाय पनि नेपालमा सक्रिय रहेको विषय पनि विभिन्न सञ्चार माध्यममा आएका छन् । छोटो अवधिमा उच्च प्रतिफल आउने प्रलोभनमा परी क्रिप्टोकरेन्सीको प्रयोग, यससँग सम्बन्धित लगानी र नेटवर्किङ मार्केटिङ व्यवसायमा आबद्ध हुँदा आफ्नो लगानी डुब्ने उच्च जोखिम हुनेछ । 

त्यस्तै, कानुनी झन्झट आउन सक्ने भएकोले यस्ता कारोबार तथा व्यवसायमा संलग्न नहुन स्वदेश तथा विदेशमा बस्ने नेपालीलाई सचेत हुन यस बैंकले समयसमयमा सूचना प्रकाशन गरी आह्वान गर्दै आएको छ । 

नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीसंग सम्बन्धित लगानी ब्ल्याक मनीलिाई ह्वाइट बनाउन प्रयोग गरिने गरेको पाइएको जनाएको छ । राष्ट्र बैंकले मंगलबार क्रिप्टोकरेन्सी जनचेतनामूलक सूचना सार्वजनिक गर्दै यस्तो जनाएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?