Breaking News

हाइपर नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न ‘टास्कफोर्स’

Feb Tue 2022 04:24:33

526 views

हाइपर नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न ‘टास्कफोर्स’

हाइपरलगायतका नेटवर्किङ र क्रिप्टो कारोबार नियन्त्रण गर्न अर्थ मन्त्रालयले उच्च स्तरीय ‘टास्कफोर्स’ गठनको प्रस्ताव गरेको छ । डिजिटल प्रविधिको प्रयोगमार्फत राजश्व चुहावट बढेको र रेमिट्यान्सको प्रवाहमै असर परेको भन्दै अर्थमन्त्री जर्नादन शर्माले यस्तो कारोबार नियन्त्रण गर्न आजैबाट काम सुरु गर्न टास्कफोर्स गठनको प्रस्ताव गरेका हुन् ।

टास्कफोर्स गठन र त्यसको नेतृत्व कुन निकायले गर्ने भन्नेबारे अर्थ मन्त्रालयले थप छलफल गर्ने छ । तर, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको राजश्व अनुसन्धान, अर्थ मन्त्रालय मातहतको भन्सार, आन्तरिक राजस्व, गृह मन्त्रालय र मातहतका सबै सुरक्षा निकायका प्रमुख सहभागी बैठकमा सहज सूचना आदान प्रदानमार्फत ठाउँको ठाउँ कारबाही गर्ने टास्कफोर्सको प्रस्ताव गरिएको बैठकमा सहभागी अर्का एक सदस्यले बताए ।यस्तो टास्कफोर्समा इन्टरनेट र भर्चुअल गतिविधिको सूचना र अनुसन्धानमा नेपाल दूरसञ्चार प्राधिकरणले सहयोग गर्नेछ । यस्तै गाउँ गाउँमा हुने ठगी र नेटवर्किङ सूचना माथि स्थानीय तहले सूचना आदान प्रदानमा सहयोग गर्नेछन् भने त्यसलाई स्थानीय तहमा उपलब्ध हुने राजस्व कार्यालय र सुरक्षा निकायले थप सहजीकरण गर्नेछन् ।

यस्तै बैंकिङ गतिविधिको सूचना र निगरानीमा टास्कफोर्सलाई राष्ट्रले सहजीकरण गर्ने छ । प्रविधिदेखि कारोबारसम्म गरिने निगरानीले यो धन्दा नियन्त्रण गर्न सहज हुने अर्थमन्त्रालयको बुझाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?