Breaking News

आइफोनमा लकडाउन फिचर, अब कसैले ह्याक गर्न नसक्ने

Jul Sun 2022 07:53:08

495 views

आइफोनमा  लकडाउन फिचर, अब कसैले ह्याक गर्न नसक्ने

पेगासस सबैभन्दा ससक्त तथा अत्याधुनिक सफ्टवेयर हो ।पेगाससले केवल एन्ड्रोइड फोनमा मात्र होइन आइफोनमा समेत आक्रमण गर्न सफल भएको थियो । सुरक्षाको दृष्टिले निकै सबल मानिने आइफोनलाई पेगाससबाट ह्याक गरिएको घटनापछि एप्पल निकै सचेत बनेको थियो । यस्तै स्पाइवेयरबाट बँच्नका लागि एप्पलले अहम् तयारी गरिरहेको जानकारी गराएको छ ।

एप्पलका अनुसार कम्पनीले छिटै नै एक नयाँ फिचर रिलिज गर्दैछ । उक्त फिचरको नाम लकडाउन मोड हो । यो फिचरका कारण एप्पल ग्याजेट प्रयोगकर्ताको साइबर सुरक्षाका लागि थप एक तह प्राप्त हुनेछ । खासगरी ह्याकिङबाट बँच्नका लागि प्रयोगकर्तालाई ठूलो सहयोग मिल्नेछ ।

के हो लकडाउन मोड ?

लकडाउन मोड छिटै नै एप्पलको आइफोन, आइप्याड तथा म्याकमा प्राप्त हुने बताइएको छ । यो फिचर खोलेसँगै आइफोनको मेसेजिङ एपमा आउने धेरैजसो अट्याचमेन्ट ब्लक हुनेछन् । सिक्योरिटी रिसर्च कम्पनीहरुका अनुसार एनएसओ ग्रुपले एप्पलको मेसेज अट्याचमेन्टलाई व्यवस्थापन गर्ने विधिमा रहेको कमजोरी पत्ता लगाएर त्यसको फाइदा उठाएको थियो ।

लकडाउन मोडमा तारको कनेक्सन पनि ब्लक हुनेछ । एप्पलका अनुसार नयाँ फिचरलाई जिरो क्लिक ह्याकिङ आक्रमणहरु रोक्नका लागि डिजाइन गरिएको हो । तर यस प्रकारका ह्याकिङ आक्रमणहरु निकै कम भएको हुँदा धेरै प्रयोगकर्तालाई यो नयाँ मोड सक्रिय बनाउनु आवश्यक नपर्ने बताइएको छ ।

स्पाइवेयरबाट बच्नका लागि एप्पलले लकडाउन मोड विकसित गरिरहेको छ र छिटै रिलिज गर्ने तयारी गरिरहेको छ । यो मोडका बारेमा विस्तृत विवरण भने एप्पलले खुलाएको छैन । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?