Breaking News

ह्वाट्सएपले तपाईंको जासुसी गर्छ ?

Jul Sun 2022 07:55:30

527 views

ह्वाट्सएपले तपाईंको जासुसी गर्छ ?

ह्वाट्सएपमा एउटा मेसेज भाइरल भएको छ जसमा अबदेखि ह्वाट्सएपमा गरिने सबै कलहरु रेकर्ड गरिने दाबी गरिएको छ । साथै उक्त मेसेजमा ह्वाट्सएपले अब सबै प्रयोगकर्ताको जासुसी गर्ने र प्रयोगकर्तामाथि निगरानी गर्ने पनि जिकीर गरिएको छ । 

लोकप्रिय च्याटिङ एप ह्वाट्सएपले प्रयोगकर्तालाई उपलब्ध गराएका विभिन्न उपयोगी फिचरहरु मध्ये मेसेज फरवार्ड फिचर पनि एक हो । ह्वाट्सएपले अडियो तथा भिडियो कलहरु रेकर्ड गर्ने भन्ने दाबी गरिएको उक्त मेसेजमा पनि सो सन्देश आफ्ना सबै साथीलाई फरवार्ड गर्न र जानकारी गराउन भनिएको छ ।

तर वास्तवमा यो फर्जी मेसेज हो र यसमा कुनै सत्यता छैन । यस्तो मेसेज यदि तपाईंलाई पनि प्राप्त भएको छ भने त्यसलाई डिलिट गरिहाल्नुस् । अरु कसैलाई फरवार्ड गर्नुभयो भने सम्बन्धित व्यक्तिले साइबर अपराधमा तपाईंलाई उजुरी गर्न पनि सक्दछ र तपाईं समस्यामा पर्न सक्नुहुन्छ ।

ह्वाट्सएपको आधिकारिक वेबसाइटमा पनि प्रयोगकर्ताका कल तथा मेसेज रेकर्ड गर्ने तथा प्रयोगकर्तामाथि निगरानी वा जासुसी गर्ने भन्ने कुरा अस्विकार गरिएको छ । प्रयोगकर्ताको पिछा गर्ने वा निगरानी गर्ने कुराले गोपनीयताको हनन हुने र एण्ड टु एण्ड इनक्रिप्सनलाई भंग गर्ने हुनाले त्यस्तो कार्य ह्वाट्सएपमा नहुने प्रष्ट पारिएको छ ।

ह्वाट्सएपका मेसेज तथा कलहरु एण्ड टु एण्ड इनक्रिप्टेड हुन्छन् । अर्थात् मेसेज गर्ने वा कल गर्ने र प्राप्त गर्ने बाहेक बाह्य व्यक्ति वा ह्वाट्सएप आफैंले पनि कल तथा मेसेज रेकर्ड गर्न, मेसेज पढ्न वा पत्ता लगाउन सक्दैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?